उत्तर कोरीयाले अमेरीकालाई आक्रमण गर्न बनाएको योजनाको तयारी पुरा भएको बताएको छ । तर यसबारेको अन्तिम निर्णय अमेरीकी 'ब्यबहारमा' भर पर्ने उसको भनाइ छ । उत्तर कोरीयाली सरकारी मिडिया केसीएनएका अनुसार त्यहाको स्टेटजिक फोर्सले हमलाको तयारी पुरा गरेपछि आफ्ना सर्वोच्च शासक किम जोंग उनको आदेशको प्रतिक्षा गरिरहेको थियो । तर किमले आक्रमणबारे अन्तिम निर्णय लिनुपूर्व अमेरीकी 'ब्यवहार' हेर्ने निर्णय गरेको केसीएनले बताएको छ । उत्तर कोरीयाले गत साता अमेरीकी द्वीप गुआममा मिसाइल हमला गर्ने धम्की दिएको थियो । समाचारमा जनाइए अनुसार उत्तर कोरीयाली शासक किमले आक्रमणबारे लामो समीक्षा गरेका थिए । बीबीसी न्यूजको सहयोगमा बिष्णु कार्की केन्टुकी लुइभील
Subscribe to:
Post Comments (Atom)
-
सन २०१८ को दुइ महिना पनि पूरा हुन पाएको छैन । तर अमेरीकामा सन २०१८ सुरु भए यता १८ वटा बिद्यालयहरुमा गोलीकाण्ड भइसकेको छ । आज एक शिक्षक स...
-
कसैलाई बन्दुक राख्न इजाजत दिनु पहिले उसको पृष्ठभूमिको विस्तृत चेकजांच गर्न अनिवार्य बनाउने प्रयासलाई राष्ट्रपति डानल्ड ट्रंपले समर्थन ...
-
सन् १९९७ पछि बिशेषगरी पूर्बी केण्टकी राज्यलाई प्रभावित गर्ने गरी ओहायो नदीमा बाढी आएको छ । अहिलेको बाढी ५० बर्षमा दोश्रो र १९९७ पछिको स...

No comments:
Post a Comment