'कोही पनि ब्यक्ति कसैको छालाको रंग, उसको पृष्ठभुमि र धर्मप्रति घृणा गर्दै जन्मदैन ' अमेरीकी पूर्ब राष्टपति बाराक ओबामाले गरेको यो ट्वीटले अहिले इतिहास रचेको छ । आजको दिनसम्म यसलाइ २८ लाखले लाइक गरेका छन । ट्वीटरका अनुसार आजसम्मको सबै भन्दा बढी लाइक गरिएको ट्वीटरको रेकर्ड यसले उछिनेको छ । तर उनले गरेको यो ट्वीटका शब्द भने नेल्सन मण्डेलाको आत्मकथा द लंग वाक टू फि्रडमको एक प्याराग्राफबाट साभार गरिएको हो । यी शब्दसगै ट्वीटरमा सेयर गरिएको तस्वीर पनि उत्तिकै रोचक छ । यो तस्वीर सन २०११ मा ओबामा मेरील्याण्डको बेथेस्डास्थित डे केयर सेन्टर भिजिट गर्दा खिचिएको हो । ओबामाले १३ अगस्टमा भर्जीनीयामा भएको एउटा तिक्ततापूण रंगभेदी आक्रमणको घटनालाइ लिएर यो ट्वीट गरेका थिए । भर्जिनियाको चाल्र्टसविले मा जातीय कट्टरपन्थीहरुले आयोजना गरेको एक र्यालीमा कार आक्रामण हुदा एक जनाको ज्यान गएको थियो भने दर्जनौ घाइते भएका थिए । न्यूज एजेन्सीहरुको सहयोगमा केनेपालका लागि बिष्णु कार्की
Subscribe to:
Post Comments (Atom)
-
सन २०१८ को दुइ महिना पनि पूरा हुन पाएको छैन । तर अमेरीकामा सन २०१८ सुरु भए यता १८ वटा बिद्यालयहरुमा गोलीकाण्ड भइसकेको छ । आज एक शिक्षक स...
-
कसैलाई बन्दुक राख्न इजाजत दिनु पहिले उसको पृष्ठभूमिको विस्तृत चेकजांच गर्न अनिवार्य बनाउने प्रयासलाई राष्ट्रपति डानल्ड ट्रंपले समर्थन ...
-
सन् १९९७ पछि बिशेषगरी पूर्बी केण्टकी राज्यलाई प्रभावित गर्ने गरी ओहायो नदीमा बाढी आएको छ । अहिलेको बाढी ५० बर्षमा दोश्रो र १९९७ पछिको स...

No comments:
Post a Comment