क्लाडिया हेमण्ड
हर्ट एट्याकको सबैभन्दा ठूलो लक्षण मुटु वा छातीमा ठूलो पीडा हुनुलाई मानिन्छ । फिल्मका दृश्यहरुमा हर्ट एट्याक भएको ब्यक्तिले जोडले छाती थिचिरहेको देखाइन्छ । अनि पीडाको कारण उ रन्थनिदै भुइमा ढल्छ । हामी सबैलाई लाग्छ हर्ट एट्याक हुंदा छाती अत्यन्त गह्रौ हुन्छ र असहनीय पीडा हुन्छ । तर हर्ट एट्याकमा सधै यस्तो हुदैन ।
मुटुमा रगतको आपूर्ति नहुदा वा कम मात्रामा हुदा हर्ट एट्याक हुने गर्छ । यसैले छातीमा जोडले पीडा हुन्छ । तर कहिले काही त्यस्तो पीडा बिनानै मान्छेलाई हर्ट एट्याक हुन्छ । कुनै समय एकदमै थोरै दुखेको महशुस हुन्छ । हामीलाई त्यतिबेर लाग्न सक्छ यो ग्यासटिकको कारण भएको हुनसक्छ । तर कुनै समय अस्पताल पुगेर इसीजी गर्दा थाहा लाग्छ उक्त ब्यक्तिलाई हर्ट एट्याक भएको रहेछ । यसलाई साइलेण्ट हर्ट एट्याक भनिन्छ । सन् २०१६ मा प्रकाशित एक शोध अध्ययनका अनुसार कुल हर्ट एट्याक हुनेहरुमध्ये ४५ प्रतिशत साइलेण्ट हर्ट एट्याकबाट पीडित हुन्छन । १९९० देखिको हर्ट एट्याकको डाटाको अध्ययन अनुसार उक्त अध्ययन गरिएकोले अहिलेसम्म आइपुग्दा यसमा केही सुधार भएको हुनसक्ने भएपनि अहिले पनि धेरैलाई हर्ट एट्याक भएको जानकारी नै हुदैन ।
कयौ पटक मान्छेलाई च्यापु, गर्धन, पाखुरा, पेट तथा पिठ्युमा पीडा हुन्छ । सास फेर्न गारो हुन्छ । कमजोरी महशुस हुन्छ । रिंगटा लाग्छ । पसिना आउछ । वान्ता हुन्छ । तर छातीमा कुनै ठूलो पीडा महशुस हुदैन । यस्तोमा मान्छेले अनुमान गर्दैनन कि उसलाई हर्ट एट्याक भइरहेको छ ।
सामान्यतया छातीमा पीडा बिना हुने हर्ट एट्याकको शिकार पुरुषको तुलनामा महिलाहरुमा बढी हुन्छ । जसको कारण ढिलो गरी अस्पताल पुग्दा बाच्ने सम्भावना कम हुन्छ । यसको लागि क्यानडाका शोधकर्ताहरुले सन २००९ मा हर्ट एट्याक जाच्नको लागि प्रयोग हुने एंजियोप्लास्टी गराउने ३०५ जनाको अध्ययन गरेका थिए । उक्त अध्ययनको क्रममा पुरुषको तुलनामा महिलाहरुले छातीमा पीडाको साथै गर्धन र च्यापुमा पीडा भएको पाइएको थियो ।
सन् २०११मा बिभिन्न अध्ययनको ब्यापक समिक्षा गर्दै अनुसन्धानकर्ताहरुले अमेरीका,जापान, स्वीडेन, जर्मनी, बेलायत र क्यानडामा भएको अध्ययनहरुलाई नियाले । ९ लाख भन्दा धेरै मुटु रोगीको त्यो क्रममा समिक्षा गरिएको थियो । ति मध्ये २६ उत्कृष्ट नतिजालाई लिएर समिक्षात्मक अध्ययन गरियो ।
त्यो ब्यापक अध्ययनबाट पुरुषको तुलनामा महिलामा छातीमा पीडाबिना हुने हर्ट एट्याक बढी भएको पाइएको थियो । तर थकान हुने, रिंगटा लाग्ने, गर्धन दुख्ने तथा च्यापु वा पाखुरामा हुने पीडा महिलामा बढी पाइयो । त्यो क्रममा करीब ३३ प्रतिशत महिला र २५ प्रतिशत पुरुषमा छातीमा कुनै पीडा वा जलन बिनानै हर्ट एट्याक भएको पाइयो । उनीहरुले हर्ट एट्याक भएको थाहा नै पाएनन ।
बीबीसी फ्यूचरमा प्रकाशित यो आलेख केनेपालको अनुवाद तथा सम्पादनमा

No comments:
Post a Comment