सधैझै आज पनि एकदम नया र हास उठ्ने जोक्सहरु प्रस्तुत गरिएको छ । आहा भन्ने खालको रहेछ भने लाइक र सेयर गर्दिनु होला ।
एकजना गांउले ठिटो शहरीया अंकलको विवाहमा गएछ । पहिलो चोटी शहरको विवाहमा पुगेको ठिटो अरुसगै जन्तीमा सामेल भयो । बेहुलीको घर पुगेपछि स्वयम्भर भइरहदा खानाको लागि प्रबन्ध गरेको टेन्टमा उसले चियाएछ । उसले टेबलमा सजाएर राखेको मुला, गांजर, प्याज लगायतका सलादका सामाग्रीहरु देखेछ । उसले चियाइरहेको अर्को जन्तीले हेरिरहेको थियो ।
अर्को जन्ती -ए भाइ भतेर तयार भइसकेछ त !
गाउले ठिटो- खै दाइ ! भात त पाके जस्तो छ । तरकारी चै काटेर टेबलभरी थुपारेको छ । कतिबेर पकाउने हुन ।
================================================
विवाहमा एक जना टेबलमा बसेर निकै अघिदेखि खाइरहेको थियो । कसैले आएर उसलाई सोध्यो । हैन भाइ खाएर सकिएन ? अझै कतिबेर लाग्छ ?
खाने ब्यक्ति - म पनि खादा खादा थाकिसके । तर के गर्नु निमन्त्रणा कार्डमा लेखिएको छ, 'खाना खाने समय ७ बजेदेखि १० बजेसम्म'
=================================================
एउटा आर्मी हतारिदै जुस पसलमा छिर्छ ।
आर्मी - छिटो एक गिलास जुस दिनुस त लडाइ सुरु हुने वाला छ ।
एक गिलास जुस पिइसकेपछि
आर्मी - खै अर्को गिलास पनि दिनुस त लडाइ सुरु हुनेवाला छ ।
त्यसरी ने ६-७ गिलास जुस पिएपछि
पसले - ए दाइ लडाइ कहिले सुरु हुनेवाला छ ?
आर्मी - जव तिमिले जुसको पैसा म सग माग्छौ
============================================================
एउटा आर्मी अफिसरको विवाह भयो । उसले बटालिएनको पुरै जवानलाई विवाह पार्टी दिएछ । पार्टीमा टेबलमा सजाइएका विभिन्न प्रकारका खाना देखाउदै सबै जवानलाई फौजी शैलीमै भनेछ, ल केटा हो । यो खानालाई पनि दुश्मन सम्झेर मार्न सुरु गर ।
एकछिनपछि आर्मी अफिसरले देख्छ । एक जवानले एक हातले लड्डु, जिलेवी खाइरहेको थ्यो अनि अर्को हातले गोजीमा हाल्दै थ्यो । अफिसर - केटा यो के गर्दैछस ?
जवान -जति मार्नु थियो मारिसकियो । बाकी दुश्मनलाई बन्दी बनाउदैछु ।
============================================================
एउटा केटीले बारमा भकाभक रक्सी पिइरहेको देखेपछि
केटा -केटी भएर यसरी रक्सी पिउने हो ?
केटी - के दुईचार पेगको लागि लिंग परिवर्तन गराउ त !
===============================================
र अन्त्यमा
अहिलेपनि हाम्रो गाउघरतिर भूतसग कुस्ती खेलेको र भूतले बिडि मागेको एकदुई जना बुढाहरु भेटिन्छन ।
केनेपाल मनोरन्जन डेस्क । लुइभील, केन्टकी
No comments:
Post a Comment