संसारमा यस्तो पनि देश छ जहा मान्छे बजार जांदा ठेलागाडीमा पैसा लोड गरेर निस्कन्छन । त्यो पनि खुद्रा पैसा हैन, पांच सय र हजारको नोट । तरकारी किन्न जादा एक झोला पैसा बोक्नुपर्छ । गहना लगायतका बहुमुल्य बस्तु किन्न जादा ठेलागाडीमै पैसा बोकेर मान्छे बजार निस्कने गर्छन । त्यो देशको नाम हो, सोमालील्याण्ड । जहाको पैसालाई शिलिंग भनिन्छ ।
सन् ११९१ मा सोमालियाबाट छुट्टीएर छुट्टै देश बनेको सोमालिल्याण्ड एकदम गरीब देशको सूचीमा पर्छ । उत्तरी अफ्रीका पर्ने उक्त देशलाई अन्तराष्टिय क्षेत्रले भने मान्यता दिइसकेको छैन । ४० लाख जनसंख्या् भएको उक्त देशको अधिकांश भाग मरभूमिले घेरेको छ । यो देशको प्रमुख निर्यात भनेको उंट हो ।
देशमा मुद्राको अवमूल्यन हुनथालेपछि धेरै मान्छेले क्याशलेस लेनदेन सुरु गरेका छन् । यतिसम्मकी भिखारीले मोबाइलबाट लेनदेन गर्छन । एक अमेरीकी डलर बराबर त्यहाको पैसा ९ हजार सिंलिंगमा साटिन्छ । एउटा चुरोट किन्न एक हजार सिलिंग खर्चनुपर्छ । त्यहा एक पांग्रे ठेलागाडीको खुब चल्ती छ । मान्छेहरु सोही ठेलागाडीमा पैसा लोड गरेर बजारमा हिडिरहेका भेटिन्छन ।
राजधानी हर्गिसामा गहना बेच्दै आएकी इमान अनिस यदी मान्छेलाई धेरै कुराको सपिंग गर्नु छ भने ठेलागाडीमा पैसा नल्याएसम्म त्यो असम्भव भएको बताउछिन। उनले गहना किन्न आउने अधिकांशले ठेलागाडीमा पैसा ल्याउने गरेको जानकारी दिइन ।
त्यहा डेबिट र क्रेडिट कार्डको खासै चलन छैन । सोमालिल्याण्डमा दुई कम्पनीले मोबाइल बैकिंग सेवा दिन्छन, जाड र ई-दहाबले । पैसा बोक्नै नसक्ने भएपछि अहिले त्यहा मोबाइल बैकिंग लोकप्रीय हुदै गएको छ । आफ्नो मोबाइलबाट पसलेलाई मोबाइल नम्बर र कोड नम्बर दिएपछि एकाउण्टबाट पैसा पसलेले प्राप्त गर्छ । यति सम्मकी सडकमा भिख माग्न बसेकाहरुले समेत यस्तै मोबाइल बोकेका हुन्छन र उनीहरुलाई पनि कोड नम्बर दिएर एकाउण्टबाटै भीख दिइन्छ । त्यहा १६ बर्षदेखि माथि उमेरका ८८ प्रतिशतसग मोवाइल छ । तर मोबाइल चोरी लगायतका समस्याले पैसा गाडामा हालेर सडकमा हिडिरहेकोहरु अझै धेरै भेटिन्छन त्यहा । मैथ्यु विकेरीको बीबीसी फ्युचरमा प्रकासित उक्त फिचरको मुख्य अंश केनेपालको लागि

No comments:
Post a Comment