बिज्ञहरुका अनुसार यो भाइरसले हमला गरेपछि कम्फ्युटरमा इन्ट्री ब्लक हुन्छ । तपाइले कम्फ्युटर खोल्ने वित्तिकै तपाइले त्यहा ह्याकर्सको सन्देश देख्नुहुनेछ । सन्देशमा लेखिएको हुनेछ, 'तपाइको कम्फ्युटर लक गरिएको छ । जसलाई तपाइले एउटा विशेष कोडले मात्र खोल्न सक्नुहुनेछ ।' स्क्रीनमा जारी हुने त्यस्तो म्यासेजमा इमेल ठेगाना दिइएको हुनेछ । यसको साथै स्क्रीनमा यस्तो लेखिएको हुनेछ , 'हामी तुरुन्त प्रतिक्रिया दिदैनौ । हाम्रो प्रतिक्रियाको लागि तपाइले दसवटा नांगो तस्वीर पठाउनुपर्ने हुन्छ । यसपछि तपाइले यो पुष्टि गर्नुपर्ने हुन्छ कि पठाइएका नांगा तस्वीरहरु तपाइकै हुन् । त्यसपछि मात्र तपाइलाई हामी अनलक कोड दिनेछौ ।'
एनरेंसमवेयर भाइरस यतिमै मात्र सिमित रहदैन ह्याकरर्सले यो पनि सन्देश तपाइलाई दिनेछ कि तपाइले फिरौती स्वरुप पठाएको १० वटा नांगो फोटो डीप वेभमा बेचिनेछ । यो भाइरसलाई बिज्ञहरुले खतरनाक श्रेणीमा राखेका छन् ।साइबर सुरक्षा बिशेषज्ञ जान स्नोले भने, 'यो भाइरसले तपाइको कम्फ्युटरको फाइल त के कुरा इन्ट्री
नै बन्द गरिदिन्छ ।' अर्थात तपाइले कम्फ्युटर खोल्ने वित्तिकै ह्याकरको म्यासेज भन्दा अरु केही देख्न पाउनुहुनेछैन ।
स्नोका अनुसार यदि तपाइको कम्फ्युटरमा त्यस्तो साइवर आक्रमण भयो भने कुनै पनि किसिमको फिरौती दिनु हुदैन । न त नांगो फोटो अथवा पैसा ।
केस्पार्की कम्पनीको वेभसाइटका अनुसार फिरौती दिएपछि पनि ह्याकरले कम्फ्युटर खोल्न तपाइलाई मद्धत नपुर्याउन सक्छ । बिशेषज्ञहरुका अनुसार यदी उक्त भाइरसले आक्रामण गर्यो भने CTRL+ ALT + SHIFT + F4 वटमहरु लगातार दाबी रहनुपर्छ । यसको साथै कम्फ्युटरको आइपी ठेगाना गोप्य तरिकाले राख्ने तथा नजानेका अनौठा लिंक र बटमहरु क्लिक नगरेर यो भाइरसबाट जोगिन सकिन्छ । यदी तपाइको कम्फ्युटर भाइरसबाट प्रभावित छ भने नेटवर्कबाट हटाएर बन्द गर्नु उपयुक्त हुन्छ ।
बीबीसी न्यूजको सहयोगमा केनेपाल न्यूज
No comments:
Post a Comment