Wednesday, August 30, 2017

'साहू' बाट ठगिदैछन अमेरीकामा विद्यार्थीहरु

विष्णु कार्की
अमेरीकामा अध्ययनका लागि स्टुडेण्ट भिजामा आएका नेपाली बिद्यार्थीहरुले भोगीरहेको अप्ठ्याराहरुमध्ये कार्यक्षेत्रमा हुने श्रम शोषण एक जटील समस्याको रुपमा देखा पर्दै गएको छ ।  विश्वबिद्यालयहरुले कामको लागि छुट्याइदिने सिमित समयसीमाभित्रको आम्दानीले यहा दैनिक जीवन धान्न  अपर्याप्त हुनेभएपछि विद्यार्थीहरुले अतिरिक्त काम गर्ने गरेका छन् । कागजी आधार नहुने भएकाले रोजगारदातासगको आपसी समझदारीमा त्यस्तो काम गर्नुपर्दा कयौ ठगिने गरेका छन् । रोजगारदाताले विवशताको फाइदा उठाउदै काम लाएर पैसा नदिने प्रवृत्ति बढ्न थालेको बिद्यार्थीहरु गुनासो गर्छन । अमेरीकामा अध्ययनरत बिद्यार्थीहरु संलग्न युएस नेपाल हेल्प नेटवर्कका अगुवा मध्येका एक श्रीहरी अधिकारीले बिद्यार्थीहरु ठगिने क्रम बढेको भन्दै त्यसलाइ बिद्यार्थी समुदायबीच बहस थालेका छन् ।
'विदेसी साहु (उनको संकेत भारतीयहरु  ) धेरै ठाउमा नेपाली विद्यार्थीहरुलाई काम लगाई बाध्यतामा छोड्नुपर्ने परिस्थिति आउदा यो स्टुडेण्ट त हो नि जति पेले पनि हुन्छ । एक दुई महिनाको पैसा नदिदा यसले के नाप्न सक्छ र भन्ने गुनासाहरु सुनिन थालेको छ' , उनले युएस नेपाल नेटवर्कको फेसबुक पेजमा सुझाब मागेका छन्, 'यस्ता तलब नदिने अधर्मी साहुहरुलाई के उपायबाट ठिक लाउन सकिएला ।'
कागजविहीन विद्यार्थीहरु बिशेषगरी भारतीयले संचालन गरेको होटेल, ग्यास स्टेशन तथा ग्रोसरीहरुमा काम गर्ने गर्दछन् । नेटकवर्कको उक्त फेसबुक पेजमा यसबारे धेरैले सुझाव दिदै आफ्ना धारणा राखिरहेका छन् ।
' बिद्यार्थीको के कुरा म ग्रीनकार्ड होल्डरलाई नै एक इण्डीयन साहुले बोस्टनमा ठगे', चित्तरन्जन झाले लेखेका छन्, 'विद्यार्थीहरुको कमजोरी आफ्नो ठाउमा छ । धेरै छाडातन्त्र भै सक्यो । '
अर्का सुदर्शन लामिछानेचै नेपाली दाजुभाइले संचालन गरेको रेस्टुरेण्टबाट म आफै पीडित भएको भन्दै लेख्छन, ''पैसाको लागि खतरा मोल्न सकिन्छ । तर क्यारियरको अघि त्यो केही होइन । यो देशमा विद्यार्थी पिडीत छन् । उनिहरु हेल्पलेश छन् ।'
 सनम घिमिरेले न्यू जर्सीका एक भारतीय रेस्टुरेण्ट साहुले आफ्नो ३ साताको पैसा नदिएको भन्दै गुनासो गर्छन, 'दिन्छु भन्छ । भेट्न गयो अनेक बहाना बनाएर उम्कन्छ ।'
 मौखिक सहमतिमा विद्यार्थीले काम गर्नुपर्ने भएकाले ठगीको गुनासो गर्ने निकाय यहा नभेटिएको हो ।
अर्को एक रोचक कुरा त के छ भने विद्यार्थीहरुले त्यस्ता साहुलाई तह लगाउन केही गर्दै नगरेका भने होइनन । yelp (यल्प )र गुगलको रिभ्युजमा गएर नेगेटिभ रेटिड दिएर त्यस्ता साहुहरुलाई विद्यार्थीहरुले हैरान बनाइदिने गरेको उनीहरुले बताएका छन् । खानाका पारखीहरुले त्यस रेष्टुरेण्टले ग्राहकबाट कस्तो प्रतिकृया पाएको छ भन्ने गुगल लगायतका इन्टरनेट संजालहरु हेरेर रेस्टुरेण्ट छान्ने चलन छ । त्यस रेष्टुरेण्टले पाएको रेटिड र प्रतिकृयाको आधारमा अमेरीकी ग्राहकरुले सम्बधित होटलप्रति धारणा बनाउछन । विष्णु कार्की kenepal.blogspot.com

No comments:

Post a Comment