माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आजकाल मधेस घुम्न ब्यस्त छन् । स्थानीय निर्वाचनको प्रचार प्रसारलाई लिएर उनको मधेस दौडाहा स्वभाविकै हो । अरुतिर थाहा भएन तर जनकपुरमा उनी सर्वसाधरणसगै सडकमा समेत देखिएका छन् । लामो भूमिगत जीवन, दुई पटकको प्रधानमन्त्री अनि प्रमुख पार्टीका अध्ययक्ष सडकमा देखिएपछि सर्बसाधरणको ध्यान त जाने नै भो । त्यसमा पनि चिल्ला गाडीमा हिडिरहने नेताहरु चोक, चौराहामा पैदलै भेटिदा एउटा छुट्टै आकर्षण पनि भो ।
यो तस्वीर दाहाल पुत्र प्रकासले खिचेका हुन । जनकपुरका पत्रकार घनश्याम मिश्रको फेसबुक पेज अनुसार । प्रचण्ड एकाविहानै जनकपुरको रामानन्द चोकमा सर्वसाधरणसगै मर्निड वाक गरिरहेका छन् । रामानन्द चोक मुख्य सडकमा अवस्थित छ । अर्थात जनकपुर बाहिरिने र भित्रिने सवारी साधन बिशेषगरी यात्रुवाहक बसहरु रामानन्द चोक हुदै पार हुन्छन । तस्वीरमा पछाडी पट्टी एक दुई वटा बस पनि देख्न सकिन्छ । ति बसहरु जनकपुरबाट बाहिरिने क्रममा हुन सक्छन । मैले थाहा पाएसम्म माओवादीले जनकपुर बन्दको आह्वान पनि गरेको छैन । तर कमरेड प्रचण्ड बन्द सफल पार्न हिडे जसरी नै मुख्य सडकमा ठूलै जमात लिएर हिडिरहनु भएको छ । सडक ढाकिनेगरी अथवा बीच सडकबाट नहिडेसम्म हाम्रा नेतालाई चित्त नबुझ्ने हो कि चिल्ला कार चढेर हिड्दा हिड्दै सडकमा पैदल यात्रु हिडने बाटो बिर्सेको हो ।
नेताको काम खोक्रो भाषण छाट्दै हिड्ने होइन नीति बनाउने र नियम पछ्याउने पनि त हो नि । कयौ नेपाल बन्द गरेर खोक्रो भएको देशलाई कमसेकम बन्द नभएको बेला त निर्वाध चल्न दिए हुन्थ्यो नि । बिष्णु कार्की केनेपालका लागि

No comments:
Post a Comment