Saturday, September 2, 2017

लास्टै हसाउने जोक्सहरु पो रैछ त यहा

लंग विकेन्डमा तपाइहरुलाई एकदमै हसाउने जोक्सहरु यहा प्रस्तुत गरिएको छ । जोक्स राम्रो लागे सेयर, कमेण्ट र लाइक गर्न अनुरोध छ ।

हजुरबा-  उ परबाट तेरो सर आउदैछ । लुक!  लुक !
नाति -  पहिले तपाइ लुक्नुस न । हजुरबा वित्नुभो भनेर दुइ हप्ताको छुट्टी लेको । अब वर्वादै हुने भो नि ।

एक एक हातमा छुट्टा- छुट्टै दुईवटा कचौरा लिएर सडक किनारमा भीख मागिरहेको एक भिखारीलाई
एउटा पैदल हिड्नेले एउटा कचौरा मा एक रुपैया राखिदिदै सोध्यो
हैन त्यो अर्को कचौरा चै किन नि ?
भिखारी - हजुर कारोवार फैलाउनु पर्यो नि के गर्नु महंगी छ । त्यो मेरै अर्को ब्रान्च हो ।

वुवा - (दुइतीन पटक आठ कक्षामा फेल भएको छोरालाई थर्काउदै ) यसपटक पनि फेल भइस भने तैले मलाई बाउ भन्नुपर्दैन
परीक्षाको रिजल्ट आउछ
वुवा - के भो तेरो रिजल्ट
छोरा - दिमाग खराब नगर मदनबहादुर । तैले बाउ बन्ने अधिकार गुमाइसकिस ।


भर्खरै अंग्रेजी सिकिरहेकी एक महिलाले फलफुल पसलमा मागिन  - give me some destroyed husband.
ठुलो खैला बैला भो । साहुजीलाई पनि ग्राहक रिसाउने भो भन्ने पीर । पटक्कै नसुनेको फलफुलको नाम । एकघण्टा जतिपछि बल्ल थाहा भयो उनले नासपति मागेको रहिछन । 

एकदमै कडा हि्वस्की निट पीइरहेको देखेर एकजना अमेरीकन छक्क परेछ । उसले सोधेछ - अलिकता पानी मिसाएर पिएको भएत हुन्थ्यो !
नेपाली-  हामी नेपालीलाई त्यत्ति जाबो पानी त रक्सी देख्ने वित्तिकै मुखमा रसाइहाल्छ नि । गिलासमा मिलाइरहन के जरुरी !

र अन्त्यमा
पहिला पहिला बाटामा दुइ जनाको कुस्ती पर्दा तेश्रो ब्यक्ति छुट्याइरहेको भेटिन्थ्यो आजकाल त भिडियो खिचिरहेको पो देखिन्छन । ताल परे त लाइभ नै रे पो ।
जय लंग विकेन्ड  केनेपाल मनोरन्जन डेस्क

No comments:

Post a Comment