Monday, September 4, 2017

अमेरीकाले कसरी जवाफ दिनुपर्छ उत्तर कोरीयालाई

डा जान निलसन राइट
अमेरीकी राष्ट्रपतिले लगातार के संकेत दिइरहेका छन भने उत्तर कोरीयाले आफ्नो गतिविधि नरोके अमेरीकाले सैन्य कारवाही गर्न सक्छ । त्यसको दुष्परिणाम जापान, दक्षीण कोरीया र खासगरी सियोलमा बस्ने एक करोड भन्दा बढीले झेल्नुपर्ने हुनसक्छ । आखिरमा उत्तर कोरीयाको चुनौतिको लागि अमेरीकाको सैन्य कारवाहीको नोक्सान उसको दुई प्रमुख क्षेत्रीय सहयोगीको लागि प्रलय भन्दा कम हुनेछैन । यसको साथै दक्षिण कोरीयामा तैनाथ २८ हजार ५ सय अमेरीकी सैनिकको जीवन पनि खतरामा पर्नसक्छ ।
त्यसैले अमेरीकी रक्षा सचिव जेम्स मेटिस र राष्टिय सुरक्षा सल्लाहकार एचआर मेक्मास्टर किन सैन्य कारवाहीको पक्षमा छैनन भन्ने यसबाट सजिलै बझ्न सकिन्छ । उनीहरु यसलाई अन्तिम विकल्प ठान्छन । राष्टपति टम्पले दिइरहेको युद्धको चेतावनी एउटा सोचीसमझी चालेको चाल पनि हुनसक्छ जसको उदेश्य प्योंगयांग उत्तर कोरीयाको राजधानी ले गर्नसक्ने हरकतलाई रोक्नु । यसको साथै चीनिया नेतृत्वलाई उत्तर कोरीयालाई दिदै आएको कच्चा तेलको सप्लाई रोक्ने दबाब बनाएर उत्तर कोरीयालाई आर्थिक दबाब झेल्न बाध्य पार्नु पनि उनको रणनीति हुनसक्छ ।
यदी यस्तै उदेश्य हो भने पनि यो प्रभावकारी देखिइराखेको छैन । उत्तर कोरीयाले अपि्रलबाटै कच्चा तेलको भण्डारण बढाउन सुरु गरिसकेको छ । भविष्यमा हुने कुनैपनि कटौतीको सामना गर्नु उसको उदेश्य रहेको देखिन्छ । अनुमान लगाइदै छ कि राष्ट्रपति ट्रंपअमेरीकी हितको लागि दक्षिण कोरीयाली जनताको बलिदानी चाहदैनन । यसका लागि मौजुदा संकटबाट पार पाउन एउटै मात्र तरिका हुनसक्छ , उत्तर कोरीयालाई धेरै भन्दा धेरै प्रतिबन्धहरु लगाउनु ।
आर्थिक दवाव
ट्रेजरी सेक्रेटरी स्टीवन म्नुचिन त्यस्तो प्रस्तावमा काम गरिरहेका छन् जसबाट उत्तर कोरीयासग ब्यापार सम्वन्ध राख्नेवाला कुनैपनि देशलाई अमेरीकी बजारमा प्रवेश नदिने । यो प्रस्तावबारे पनि बहसहरु सुरु भएका छन । यो त्यत्ति प्रभावकारी नहुन सक्ने अडकलहरु पनि काटिदैछ । अमेरीकाको तर्फबाट एकतर्फी प्रतिबन्ध अघि बढाउनु मुश्किल हुन सकछ । खासगरी चीन जस्ता देशहरुलाई उत्तर कोरीयासग ब्यापार प्रतिबन्ध लगाउन उक्साउन सक्नुपर्छ जसवाट उसलाइ आर्थिक दवाब बढ्छ ।  खैर जे होस, कुनै पनि किसिमको प्रतिबन्ध होस या सैन्य कारवाही , डिप्लोमेसी र वार्ता नै वर्तमान समस्या समाधानको उत्तम उपाय हो ।
जब संयुक्त राष्टसंघ तथा अन्य देशहरुले उत्तर कोरीयाको पछिल्लो ब्यवहारको कडा निन्दा गरिरहेका छन् तब यो अमेरीकाको जिम्मेदारी हुन आउछ कि थप सक्रियता बढाएर विचारविमर्शको माध्यमबाट उत्तरकोरीयासग वार्ताको माध्यम पहिल्याउनु ।
सैन्य टकरावले के हुन्छ ?
वार्ता भएन भने रणनीतिक तनाव जारी रहन्छ । उत्तर कोरीयालाई ठिक ठाउमा ल्याउन गरिएको सबै कोसिस विफल भएपछि निराश राष्टपति टम्प अन्तिममा सैनिक कारवाहीमा उत्रनेछन भन्ने उत्तर कोरीयाली राष्टपति किम जोंग उनलाई राम्ररी थाहा छ । यो स्थितिमा एउटा सम्भावना यसरी बढेर जादैछ कि दुबै देशले एकअर्काबीच भ्रम पाल्दैजादा लडाइ सुरु नहोस र त्यो परमाणु हतियारको प्रयोगसम्म पुगोस । यो कुनै सोचविचार गरेर योजनाबद्ध ढंगले नभइ गलत आकलनको कारण अचानक पैदा हुने संकटको रुपमा अघि आउन सक्छ ।
वार्ता संवादको चरण बाकी नै छ । डिप्लोम्याटिक र आर्थिक रुपले उत्तर कोरीयालाई दबाव बढाउनुको साथै संवाद थाल्नुपर्छ । राष्ट्रपति ट्रंप पनि वार्ता र संवादलाई गलत मान्दैनन । र यसले सैन्य टकरावलाई रोक्न सक्छ । यसैको माध्यमबाट अहिलेको संकट टर्नसक्छ ( डा जान क्याम्बि्रज विश्वविद्यालयमा जापानी राजनीति तथा पूर्वी एसीयाको अन्तराष्टिय सम्बन्धको सिनियर लेक्चर हुन)  बीबीसी डटकममा प्रकासित उनको लेखको महत्वपुर्ण अंश केनेपालका पाठकका लागि

No comments:

Post a Comment