यो दिनहरुमा यदी तपाइ कुनै दिक्दारी महशुश गरिरहनुभएको छ वा सबै कुरा ठिक भएर पनि कुनै न कुनै गडबडी छ भन्ने तपाईलाई लाग्छ भने तपाई सेप्टेम्बर ब्लुजको शिकार भइरहनुभएको हुनसक्छ । यस्तो गडबडी महशुस हुने तपाई एक्लो ब्यक्ति भने होइन । सेप्टेम्वर महिनामा धेरैलाई यस्तो अनुभव हुन्छ । बिशेषज्ञका अनुसार शरद लाग्दा लाग्दै यस्तो अनुभूति अझ गहिरो हुदै जान्छ । यो मौसमसग जोडिएको हाम्रो मानसिक अवस्था हो जसलाई सेप्टेम्बर ब्लुज भनिन्छ । अर्थात उदासीले भरिएको मौसम । यो हरेक १५ ब्यक्तिमध्ये एकजनामा हुने बताइएको छ ।
सेप्टेम्बरमा दिन पहिलेको तुलनामा छोटो हुनथाल्छ र शरद ऋतु सुरु हुन्छ । दक्षिणि गोलार्द्धको तुलनामा उत्तरी गोलार्द्ध अर्थात पश्चिमा देशहरुमा यो मौसमको उदासीपन अझ गहिरो हुन्छ । मानसिक स्वास्थ्य सम्बन्धि काम गरिरहेको बेलायती संस्था एनेक्सिटी यूकेका अनुसार यस्तो समस्यालाई लिएर सेप्टेम्वर महिनामा संस्थामा एकदमै फोन आउछ । लण्डन निवासी २५ बर्षीय केल स्टोडलाई यस्तो विरामीबारे तब थाहा भयो जब उनी अमेरीकामा अध्ययन गरिरहेका थिए ।
उनी भन्छन, म सनडियगोमा थिए र क्रिसमसमा घर गएको थिए । तब मलाई अचानक यस्तो महसुश भयो कि म भित्र केही गर्ने क्षमतानै सबै हराइसकेको छ । तर खुशीको कुरा उनी आफ्नो परिवारसग भेटिरहेका थिए ।
यसको विरामीहरुलाई सूर्यको किरणले मस्तिष्कको त्यो हिस्सामा असर पुर्याउछ जसले शरीरमालनिन्द्रा र उर्जाको नियमन गरिरहेको हुन्छ । ठण्डा बढेसगै स्थिति अझै जटील हुने चिकित्सकहरु बताउछन ।
एनेक्सिटी यूकेकी निकी लिडबेटर भन्छिन, यस्तो हरेक साल हुन्छ । तर लाग्छ कि गर्मीमा मान्छेको मुड ठिक हुन्छ । शरदमा महशुस हुन्छ कि गर्मी गयो मानौ केही कुरा हरायो । उनले सेप्टेम्बर महिनामा केही बेचैनी पैदा हुने बताइन । एजेन्सीहरुको सहयोगमा केनेपाल न्यूज डेस्क

No comments:
Post a Comment