नेपाल अमेरीका सोसाइटी अफ केन्टुकी नास्कले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधी ब्राडस्टाउन टीमले जितेको छ । त्यसैगरी भलिबल प्रतियोगितामा काभ्रे टिम प्रथम भएको छ । आज सोमबार स्थानीय टम स्वायर पार्कमा भएको फाइनल प्रतियोगिताका विजेताहरुलाई एक समारोहकाबीच प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरिएको छ ।
फुटबलको फाइनल प्रतियोगितामा ब्राडस्टाउन टीमले स्थानीय वेस्टपोर्ट टीमलाई एकका बिरुद्ध ६ गोलको अग्रतामा उपाधि उचालेको थियो । टिमको लागि मनोज चापागाइले ह्याटिक गरेका थिए । त्यसैगरी सन्दिप राईले २ र मनोज भण्डारीले १ गोल गरेका थिए । अनमोल घलेले वेस्टपोर्टको तर्फबाट एकमात्र गोल गरेका थिए । प्रतियोगिताभरी अब्बल खेल प्रदर्शन गर्ने सन्दिप राईलाई उाईत्कृष्ट खेलाडी घोषणा गरिएको छ ।
त्यसैगरी भलिवल प्रतियोगिताको फाइनल चरणमा ब्राडस्टाउनसग भएका तीन खेलमध्ये दुई खेल जितेर काभ्रे टिम प्रथम भएको थियो । काभ्रे टिमले २५- १७ र २५- २३ को सेट अन्तरमा ब्राडस्टाउनलाई पराजित गरेको थियो । एक खेलमा ब्राडस्टाउन २५- २२ को सेटमा काभ्रेसग विजयी भयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी शुभाष थापालाई प्रदान गरियो ।
बार्बीक्यू कार्यक्रमसगै आयोजना गरिएको खेलकूद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक नास्कले सबैलाई धन्यबाद दिएको छ ।
No comments:
Post a Comment