Tuesday, September 19, 2017

मोवाइल फोनमा ब्लूटूथ अन छ ? ह्याकरले चोर्ला (बच्ने उपायसहित)

मोवाइल फोनको ब्लूटूथ अन राख्नु खतरनाब सावित हुनसक्छ । सेक्योरेटी कम्पनी अर्मिसका शोधकर्ताहरुको समूहले एउटा यस्तो मेलवेयरको पत्ता लगाएका छन् जो ब्लूटूथसग सम्बन्धित डिभाइसमा हमला गर्न सक्छ । यसले स्मार्ट फोनमा मात्रै हैन स्मार्ट टिभि, ल्यापटप तथा कारमा पनि हमला गर्न सक्छ । दुनियमा ५.३ अरब डिभाइस छ जसले ब्लूटूथको प्रयोग गर्छ ।
यो मेलवेयरको नाम ब्लूबर्न हो । यसको माध्यमबाट ह्याकरले ब्लूटूथ अन भएको डिभाइस नियन्त्रण लिनसक्छ । ह्याकरले यसको माध्यमबाट मोवाइलको डाटा सजिलै चोर्नसक्छ । अर्मिसले ब्लूटूथ डिभाइससग सम्बन्धित कयौ मेलवेयर हुनसक्ने भन्दै त्यसलाई पत्ता लगाउन बाकी रहेको बताएको छ ।

ब्लूबंगिग
यो मेलवेयर एकदम गम्भीर हुनसक्छ । यो बगले ब्लूटूथको फाइदा उठाउदै हमला गर्न सक्छ । यसको माध्यमबाट ह्याकरले डिभाइसमा भाइरस पठाएर डाटा चोरी गर्नसक्छ । ब्लूबर्नलाई युजरको सहमतिको जरुरी पदैैन । यसले कुनै लिंकमा क्लिक गर्न पनि भन्दैन । यसले १० सेकेण्डमा कुनै एक्टिब ब्लूटूथ डिभाइसलाई नियन्त्रण गर्नसक्छ । अर्मिसले एउटा यस्तो यप्लिकेसन बनाएको छ जसले तपाइको डिभाइस सुरक्षित छ कि भनेर जानकारी दिन्छ । ब्लूबार्न वलनरब्लिटि स्क्यानर नाम दिइएको उक्त एप गूगलको अनलाइन स्टोरमा उपलब्ध छ ।

ब्लूजेकिंग
अर्को खतरा हो ब्लूजेकिंग । यसले ब्लूटूथसग सम्बन्धित कयौ डिभाइसलाई एकैपटक स्पाम पठाउनसक्छ । यसले वीकार्डको माध्यमबाट म्यासेज पठाउछ । जो एक नोट या कनट्याक्ट नम्बरको रुपमा देखिन्छ । प्राय यसले ब्लूटूथ डिभाइसको नामबाट स्प्य्ाम पठाउछ ।
ब्लूस्नाफिंग 
यो एकदमै खतरनाक छ । यसको माध्यमबाट सूचनाहरु चोरी हुन्छ । विशेषगरी फोन बुक र डाटा चोरी गर्न यसको प्रयोग गरिन्छ । यसको माध्यमबाट म्यासेज र तस्वीरहरु चोरी हुनसक्छ । तर यसको लागि ह्याकर १० मिटरको दूरीमा हुनुपर्छ ।

कसरी बच्ने ?
= माइक्रोसफ्ट, गूगल र लिनक्सले ब्लूबर्नबाट युजर्सलाई जोगाउन पेच रिलिज गरेको छ । जसलाई इन्सटल गर्नसक्नुहुन्छ ।
= आधुनिक उपकरणमा ब्लूटूथ कनेक्टिभिटीको लागि कन्र्फमेसन कोड जरुरी हुन्छ जसको प्रयोग गर्नुस ।
= मोड २ ब्लूटूथ प्रयोग गर्नुस । यो ज्यादा सुरक्षित हुन्छ ।
=आफ्नो डिभाइस ब्लूटूथ नामलाई हिडेन मोडमा राख्नुस ।
=प्रयोग नगरेको बखत ब्लूटूथलाई अफ राख्नुस ।
बीबीसीको साथमा केनेपाल /लुइभील केन्टकी

No comments:

Post a Comment