Tuesday, September 19, 2017

भूइचालोको अभ्यास गर्दा गर्दै मेक्सिकोमा साच्चैको भूइचालो /१५० को मृत्यु/ ठिक आजकै दिन ३२ बर्ष पहिले शक्तिशाली भूइचालो




मेक्सिकोमा आज गएको शक्तिशाली भूइचालोमा परी मर्नेहरुको संख्या १ सय ५० पुगेको छ । त्यहा अचम्मको संयोग के छ भने ३२ बर्ष अघि आजकै दिन मेक्सिकोमा शक्तिशाली भूइचालो जादा १० हजार जनाको मृत्यु भएको थियो । ३२ बर्ष अघिको महाबिनाशको सम्झना गर्दै  आज  त्यहा भूइचालो जादा कसरी बच्न सकिन्छ भन्ने अभ्यास(  ड्रिल ) भइरहदा साच्चैको भूइचालो आएको थियो । मेक्सिकोमा थोरै समयको लागि विमान रोकिएको थियो भने पुरै शहरको भवन खाली गराइएको थियो ।
मेक्सिकोमा यसै महिनामा पनि ८.१ रेक्टरको भूइचालो गएको थियो । जसमा ९० जनाले ज्यान गुमाएका थिए । आज गएको भूइचालो ७.१ रेक्टरको हो । भूकम्पको केन्द्रबिन्दू पुएब्ला प्रान्तको  एटेंसिगोबाट नजिक पर्छ । यो इलाका मेक्सिको सिटीबाट १ सय २० किलोमिटरको दूरीमा पर्छ । अमेरिकि भूगर्भविदका अनुसार भूइचालोको गहिराइ ५१ किलोमिटर थियो ।
मोरलियोस राज्यमा मात्र ५४ जनाको मृत्यु भएको छ । त्यसैगरी पुएब्लोमा २६ जनाको मृत्यु भएको छ । मेक्सिको सिटीमा ३० जना र मेक्सिको प्रान्तमा ९ जनाको मृत्यु भएको छ । भूकम्प स्थानीय समयअनुसार १ बजेर १४ मिनेटमा आएको थियो । राजधानीको कयौ इलाकामा फोन सेवा अवरुद्ध छ भने ४० लाख बिजुली बिना अध्यारोमा छन् ।
राहतकर्मीहरु भग्नावशेषमा पुरिएकाहरुलाई ज्यूदै उद्धार गर्न खटिएका छन् । कयौ भत्किएको घरमा मानिसहरु पुरिएको हुनसक्ने र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपतिडानल्ड ट्रंपले ट्वीट गर्दै भनेका छन्, 'इश्वर मेक्सिको सिटीका वासिन्दालाई ख्याल राख । म तपाइहरुकै साथ छु र सदा रहनेछु ।'
 बीबीसी न्यूजको सहयोगमा केनेपाल । तस्वीर क्रेडिट- रोयसर्टस न्यूज एजेन्सी

No comments:

Post a Comment