Saturday, September 16, 2017

फेसबुक कमेण्टले जेल पुर्याएकाहरु.......

फेसबुकले हामीलाई एकदमै सजिलोसग जोड्छ । दैनिक घटनाक्रमबारे हामीलाई अपडेट गराउछ । तपाइ हामी पनि आफ्ना भावना, बिचारहरु फेसबुकमा सेयर गरिरहेका हुन्छौ । तर के तपाईलाइ थाहा छ ? ध्यान नदिइ त्यस्तै भावाना र बिचारहरु फेसबुकमा पस्किदा कयौले जेल सजाय भोग्नु परेको छ । यहा केही प्रतिनिधमूलक घटनाहरु समेट्ने प्रयास गरिएको छ ।
पूर्व पत्नीको फेसबुक पोष्टमा ट्याग गर्दा एक बर्ष जेल
घटना अमेरीकाको हो । मारीया गोन्जालेज ले जनबरी २०१६ मा आफ्नी पूर्व पत्नी मेरीबेल काल्डेनको बेइज्जती हुने किसिमले एक फेसबुक पोष्ट लेखे र मेरीबेलकोमा ट्याग पनि गरे । गोन्जालेज ले  आफ्नी पूर्व पत्नीलाई बेबकुफ तथा उनको परिवारलाई हमेशा दुखी रहनेखालको भनी टिप्पणी गरेका थिए । न्यूयोर्क पोष्टमा प्रकासित समाचार अनुसार वेस्टचेस्टर काउण्टीका न्यायाधीशले गोन्जालेजलाई डिभोर्ससग सम्बन्धित नियम तोडेको भन्दै एक बर्षको जेल सजाए सुनाए ।
फ्रेण्ड रिक्वेस्ट पठाउदा न्यायाधीशलाइ नै जेल
्बि्रटेनकी एक न्यायाधीश जोआना फ्रेलले एक अभियुक्तलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाइन । उनलाई त्यो कदमले संकट निम्त्यायो । उनलाई ८ महिनाको जेल सजाय तोकियो । जेमी स्वीवर्ट नामका अभियुक्तले लागु औषध कारोबारमा मुद्धा खेपिरहेको थिए ।
कमेण्टको कारण राजद्रोहको मुद्धा
२०१६ मे मा थाइल्याण्डमा  ४० बर्षीय पटनारी चंकेजमाथि फेसबुक कमेण्टको कारण राजद्रोहको मुद्धा लाग्यो । उनले थाइल्याण्डको राजतन्त्रात्मक सरकारको बिरुद्ध कलम चलाउने एक एक्टिभिस्टको पोष्टमा JA शब्द प्रयोग गरेका थिए । त्यसको अर्थ हुन्छ । OK या YES । सोही बर्ष थाइ सरकारको बिरुद्ध अपमानजनक कमेण्ट प्रयोग गरेको भन्दै थाइल्याण्डमै एक जनालाई ११ बर्षको जेल सजाय सुनाइएको थियो ।
फेसबुक लाइकको लोभमा दुई बर्ष जेल
२०१६ कै जुन महिनामा अल्जेरीयामा फेसबुकमा फोटो पोष्ट गरेको कारण दुइ बर्षको जेल सजाय सुनाइयो । उनले बच्चालाई झ्याल बाहिर उचालेर हल्लाउदै गरेको फोटो पोष्ट गरेका थिए । उनले फोटोमा लेखेका थिए, 'यो फोटोलाई १ हजार लाइक चाहिन्छ । नभए यो बच्चालाई तल झार्दिन्छु ।' उनलाई चाइल्ड एब्युजमा जेल हाल्नुपर्ने धेरैले प्रतिकृया दिएका थिए ।
त्यसो त नेपाल भारतमा पनि फेसबुककै कारण थुप्रै जना प्रहरी कारवाहीमा परिसकेका छन् । यद्यपी जे मन लाग्यो त्यही लेख्ने र पोष्ट गर्ने प्रवृत्ति अझै ब्याप्त छ ।
फेसबुक पोष्ट गर्नु अघि ध्यान पुर्याउनुपर्ने कुराहरु
-अदालतमा बिचाराधीन कुराहरुबारे फेसबुकमा पोष्ट र सेयर नगर्ने ।
-कुनै मुद्धासग सम्बन्धित न्यायाधीशसग सम्पर्क नगर्ने र त्यससग सम्बन्धित जानकारी नमाग्ने ।
-अदालतले दोषी सावित नगरेसम्म मुद्धा चल्दैमा वा कसैलाइ प्रहरीले पक्राउ गर्दैमा मान्छे दोषी हुदैन । यसैले कुनै अभियुक्तबारे टिप्पणी गर्दा विचार पुर्याउने ।
-कसैको पक्ष वा विपक्षमा अपुष्ट कुराहरु वा कसैको ब्यक्तिगत चरित्र हत्या गर्ने किसिमका कुराहरु फेसबुकमा पोष्ट नगर्ने ।
बीबीसी न्यूजको साथ केनेपाल /लुइभील केन्टकी

No comments:

Post a Comment