विकेन्डलाई हांसोमय बनाउन सधैजस्तो आजपनि केही दमदार नयां जोक्सहरु प्रस्तुत गरिएको छ । मन परे लाइक, सेयर गर्न कन्ज्युसाइ नगर्नुहोला ।
(एउटै घरमा पालिएका गधा र कुकुर एकापसमा दुख बाड्न भेला हुन्छन )
गधा - मेरो मालिकले मलाई खुब पिट्ने गर्छ
कुकुर- त्यसरी पिटाइ खाएर किन बसिरहन्छौ त बरु भाग
गधा - एउटा आशाको त्यान्द्रोले मात्रै अल्झाइ राखेको छ । नत्र उहिल्यै भागिसक्थे
कुकुर - के हो म पनि सुनौ न
गधा - मालिकको एकमात्र सुन्दरी छोरी जब जब परीक्षामा फेल हुन्छिन, अनि मालिक भन्ने गर्छन, तेरो बिहे गधासग गर्दिन्छु । बस त्यही आश
==============================================================
एकदमै छोटो स्कर्ट लगाएर एउटी केटी डेटिंगमा जान्छे
केटा - यस्तो लुगा लगाएर घरबाट निस्किदा तिम्रो आमा रिसाउनुभएन ?
केटी - किन नरिसाउनु । एकदमै रिसाउनुभो नि । भन्दैहुनुहुन्थ्यो ,आजलाई छोडीदिए । अबदेखि मेरो स्कर्ट लगाएर हिडेको भेटेभने खुट्टा भाच्दिन्छु ।
============================================================
केटाले केटीलाई भन्छ
तिमी सधैभरी हांसीराख
मुस्कुराई राख
खुशीले नाचीराख
उफ्रीराख
(केटी त्यो सुनेर दंग परिरहेको हुन्छे र अन्त्यमा केटाले थप्छ}
मेरो के जान्छ ?
दुनियाले तिमीलाई नै पागल भन्छ ।
================================================================
चारजना साथी होटेलको काउण्टरमा खाना खाएको बील तिर्न आपसमा तंछाड मछाड गरिरहेका थिए । ठेलामठेल गर्दै भन्दै थिए, हैन म तिर्छु, म तिर्छु
कसै गरी कोही पनि पछाडी नहट्ने भएपछि होटल म्यानेजरको सल्लाहमा उनीहरुले निधो गरे , जो यो होटलको एक फन्को मारेर काउण्टरमा पहिले आइपुग्छ उसैले बील तिर्छ ।
शर्त बमोजिम होटल म्यानेजरले सिट्ठी मात्र के फुकेको थियो , सबै टाप ।
आज पनि म्यानेजर उनीहरुकै बाटो हेर्दै कहिलेकाही झ्याल बाहिर नजर दौडाइरहन्छ ।
===================================================================
लमीले कुरा ल्याएपछि केटा पक्षकाहरु केटीको घरमा पुग्छन । केटी हेरिसकेपछि
केटा पक्ष - ल! केटी हामीलाई मन पर्यो ।
केटीपक्ष - लौ त्यसो भए विवाहको साइत निकालौ न त ।
केटा पक्ष - अहिले नै हतार नगरौ होला । हाम्रो छोरा पढ्दैछ अहिले ।
केटी पक्ष- के हाम्री छोरीले उसको किताब च्यातिदिन्छे र !
===============================================================
र अन्त्यमा कसले भन्छ नेपालमा अशिक्षा छ । हरेक नेपालीभित्र एउटा डाक्टरी र वकालती लुकेको छ । बस, तपाइले समस्या मात्र सुनाउनुपर्छ------------------------

तपाइहरुसग पनि यस्ता चुटकिला र रमाइला रचनाहरु छ भने हामीलाइ इमेल गर्नुस । हामी स्थान दिनेछौ kenepalnews@gmail.com

No comments:
Post a Comment