Saturday, September 16, 2017

अमेरीकाको टेक्सासबाट एउटा नेपाली चेलीको दर्दनाक कथा

'सेक्सुअल हरासमेन्टबाट फेब्रुअरीपछि मेरो जीवन नर्क बनेको छ । मलाइ बाच्नै गारो भो । मलाई कसैको मद्धत चाहिएको छ यतिबेर' , उनी भन्दै जान्छिन,  'न म राती राम्रोसग सुत्न सक्छु । न मैले पढाइमा आफ्नो ध्यान फोकस गर्न सकेको छु ।'  हिजो एक नेपाली टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय कार्यक्रम 'जनतासग मनका कुरा 'मा अमेरीकाको टेक्सासबाट एक नेपाली चेलीले स्काइप मार्फत रुदै गरेको बिलौना हो यो । अनुहार ढाकेर भीडियो कलमा उपस्थित ति नेपाली चेलीले कार्यक्रमको सुरुमै बिषयवस्तुको गम्भीरतालाई हेरेर नाम समेत गोप्य राख्ने अनुमति माग्छिन ।
'म युएसको टेक्सासबाट । म कन्पिmडेन्सपूर्वक आफ्नो समस्या राख्न चाहन्छु । आइ यम सरी त्यसैले म आफ्नो नाम यहा भन्न सक्दिन' , उनी कार्यक्रमको सुरुमा यसरी प्रस्तुत हुन्छिन ।
पढाइमा आफ्नो ध्यान जान नसकेको बताउने ति नेपाली चेली बिद्यार्थी हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । आफ्नो पूर्व प्रेमी स्थानीय एक ह्वाइट अमेरीकनले ब्याकमेल गरीरहेको बताउने उनी भन्छिन, 'सन २०१६ को डिसेम्बरमा साथीभाइको माध्यमबाट उ सग परिचय भयो । समयसगै हामी यति नजिकियौ कि क्रिसमस , थ्यांकसगिभिडमा उसको घरमा म जाने र उ मेरोमा आउने हुनथाल्यो ।'
 कुनै समयको सानो गल्तीले अहिले ठूला ठूला समस्या भोगिरहेको बताृदै उनी आफ्ना पीडा भन्दै जान्छिन, 'हाम्रो रिलेसनसीप अफेयरमा परिणत भयो । त्यो बीचमा हामीबीच 'सबै कुरा' भयो । मलाई उ सग भेटेपछि के हुन्थ्यो थाहै पाउदिनथे । उसले दिएको खाएपछि इमोशनल फिलिडहरु आउन थाल्थ्यो । उसले गरेका हरेक कुरा राम्रो लाग्थ्यो । त्यसबीचमा हामीबीच भएका सबै कुराको भीडियो र तस्वीर उसले पनि खिच्यो र मैले पनि ।'
ति चेली भन्दै जान्छिन,' फ्रेब्रुअरीपछि उसले आफ्नो रुप देखाउन थाल्यो । उ सग भएको भीडियो र फोटो पोर्न साइट बनाएर हाल्दिन्छु भन्न थाल्यो । उसले मेरो नाममा पोर्न साइट समेत बनायो । मेरो नाममा फेसबुक आइडी बनाएर मैले कल्पनै गर्न नसक्ने कुराहरु पोष्ट गर्न थाल्यो । मेरो र मेरो परिवारको नाममा अश्लिल कुराहरु पोष्ट गर्ने धम्की दिइरहन्छ ।'
उनले आफूले पुरानो बस्ने ठाउ,फोन नम्बर लगायत सबै परिवर्तन गर्दा पनि ति पूर्व प्रेमीले बच्चा चाहिन्छ भन्दै पिछा गर्न नछाडेको समेत बताएकी छिन ।
' एकदिन कामले पुरानो ठाउमा गएको थिए । उसले मलाइ पिछा गरेर रोक्यो । मैले पुलिस बोलाए । तर पुलिसले उसलाइ र मलाइ आआफ्नो बस्ने ठाउ पुर्याइदियो । उल्टै उसले मेरो  गाडीमा भएको सबै सामान चोर्यो । गाडीको ब्रेक फेल गरिदियो । '
उनले हरेक दिनका गतिबिधिबारे स्थानीय पुलिसलाइ खबर गर्ने गरेपनि उसले अहिलेसम्म धम्क्याउने काम जारी राखेको बताइन । कार्यक्रम प्रस्तोता रबी लामिछानेले ति चेलीलाइ दूतावास तथा बिभिन्न निकायमार्फत सहयोग पुर्याउने र फलोअप गरिरहने प्रतिबद्धता जनाएका छन् ।
युट्युबमा अपलोड गरिएको उक्त कार्यक्रममो भीडियोलाई हजारौले हेरेका छन । कार्यक्रम हेरेर सयौले प्रतिकृया पनि दिइरहेका छन । धेरैले बेलामा बिचार नपुर्याउदा ति नेपाली चेलीले पीडा भोग्नुपरेको प्रतिकृया दिएका छन । त्यहा सुमन रेग्मी लेख्छन, ;'जुन नेपाली चेलीलाई एउटा विदेशीले यस्तो काम गर्यो । त्यो अत्यन्तै दुखद कुरा हो । तर हाम्रो चेलीको पनि गल्ती छ । बिदेश जाने वित्तिकै जीवनशैली परिवर्तन गरिहाल्नु ठूलो गल्ती हो ।' बिष्णु कार्की / केनेपाल न्यूज केन्टकी, लुइभील
नोट - समाचारमा प्रयोग भएको तस्वीर ति चेलीसग सम्वन्धित छैन ।

No comments:

Post a Comment