सलीम रिजवी
अमेरीकाको पेन्सलभेनिया राज्यमा एक भारतीय मूलका अमेरीकीले पछिल्लो १७ बर्षदेखि गाइको सुरक्षा गर्ने उदेश्यले गौशाला संचालन गरेका छन् । भारतको तामिलनाडूका मूल निवासी प्रोफेसर शंकर सास्त्रीले स्टाउडसबर्ग इलाकामा लक्ष्मी गौशाला संचालन गरेका हुन् । गौशालामा अहिले २३ गाइ छन् ।
उनले आफ्नो गौशालामा पालिएका गाइलाई बिभिन्न नाम दिएका छन् । कुनै गाइको नाम कृष्ण कुनैको गायत्री, नन्दीनी, योगेश्वरी र रामा लगायतका छन् । मेरो सामुन्ने प्रोफेसर सास्त्रीले एक गाइको नाम लिएर बोलाए, शारदा.....शारदा । नाम लिने वित्तिकै कालो रंगको शारदा गाई मुख उठाउदै हामी बसेको ठाउमा आयो, मानौ गाइले भन्दैथियो,' हजुर किन बोलाउनुभाको ।'
केही जवाफ नआएपछि शारदाले नजिकै रहेको घास खान थाल्यो । गाइ र प्रोफेसरबीचको स्नेह त्यहानेर झल्किरहेको थियो । शारदालाई नजिकैको मन्दिर संचालकले ठाउ साघुरो भएको बताउदै छोडेका थिए । प्रोफेसर सास्त्रीले न्यूयोर्कस्थित सिटी यूनिभर्सिटिमा ३० बर्षसम्म इन्जिनियरिंग पढाए । उनले अमेरिकाको कोलम्विया युनिभर्सिटिबाट मास्टर्स पढाइ पूरा गरेका हुन् । सन २००० मा उनले रिटायरमेण्ट हुनुअघि नै सेवा त्याग गरेर गौशाला संचालन गर्ने निधो गरेका थिए ।
उनले बु्रकलिनमा रहेको आफ्नो अपार्टमेन्ट बेचेर गौशालाको लागि जमिन किनेका थिए । अब उनको जीवन गौशालाकै वरिपरि घुमिरहेको छ । उनको घर पनि गौशालाकै एक कुनामा छ । उनको गौशालाको एक वेभसाइट पनि छ । गाइको स्याहार सुसारको लागि उनले त्यहा भोलेन्टेयरको बिज्ञापन दिन्छन र केही इच्छुकहरु आउछन पनि । आजकल मार्विन नामका एक भोलेन्टीयर त्यहा खटिरहेका छन । उनले आफूलाई जनावर मन पर्ने भएकाले गौशालामा काम गर्न इच्छुक भएको बताए । भारतीयमूलका ब्यक्तिहरु पनि सेवाको लागि गौशाला आउछन र बिभिन्न पकवान भोजन खुवाउछन ।
प्रतिक रावल भन्छन, 'अमेरीकामा कयौ मन्दिरहरुले गौशाला बनाएका छन । तर प्रोफेसर शास्त्रीको लक्ष्मी गौशालाको छुट्टै विशेषता छ ।' उनी अगाडी थप्छन,' गुजरातको मेरो घरमा पनि गाइहरु थिए । म गाइलाई विभिन्न परिकार खुवाउथे । अब अमेरीकामै गौशला मिल्यो । हामी जस्तो खान्छौ यहा गाइहरुलाई त्यस्तै खुवाउछौ । मेरो बच्चाहरुले पनि यसबाट सिकिरहेका छन् । ' उनले आफू गौशालामा महिनामा दुइतीन पटक आउने गरेको सुनाए ।
प्रोफेसर सास्त्रीले अपरिचितहरुले पनि गाइ छाडेर जाने गरेको जानकारी दिए । उनले भने, 'यहा कयौ अपरिचित गाइ लिएर आउछन् । यो एकदमै सानो प्रयास हो । यहा लाखौ गाइ मारिन्छन । मैले त सिर्फ २३ वटालाई मात्र बचाउन सके ।'
उनले त्यसरी छाडिने गाइहरु फिर्ता लिन नआउने गरिएको र त्यहाका कुनै गाईले दूध नदिने गरेको पनि जानकारी दिए । तर उनले गाइको गोबर बिक्रि गर्ने गरेको बताए । उनको लक्ष्मी गौशालामा यस बर्षको मार्चमा एउटा घटना घट्यो । कसैले गौशालाको गेटमा गाइको काटिएको टाउको फालेको थियो । त्यो घटनामा स्थानीय पुलिस र एफबिआइले छानबीन गर्यो । अनुसन्धानबाट केही युवाहरुले उनलाई दुख दिन त्यस्तो घटना घटाएको पत्ता लागेको थियो । उनले ति युवाहरुले माफिमागेपछि केस टुंगिएको थियो ।
गौशाला वरिपरिका अमेरीकनहरु समेत त्यहा आएर गाइहरुसग रमाउने गरेका छन् । उनले गौशालाको लागि ३ लाख५० हजार डलरमा ९० एकड जमिन किनेका थिए । आधा जमिनमा गाइ पालन र बाकी जमिनमा गाइहरुको लागि घासपात तथा सागसब्जी उब्जाइएको छ ।
उनलाई आशा छ गौशालाको माध्यमबाट हिन्दू धर्मबारे पनि आम अमेरिकनलाइ जानकारी दिन सकिन्छ ।
रीजवीको यो आलेखलाई बीबीसीबाट केनेपाल न्यूज डेस्कले अनुवाद गरेको हो । तस्वीर क्रेडिट सलिम रिजवी

No comments:
Post a Comment