Wednesday, September 6, 2017

बिचरा म र एनआरएन अमेरीकाको चुनाव

बिष्णु कार्की
गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद अमेरीकाको निर्वाचन भइरहेको छ । बताइएअनुसार हिजो ८ बजे विहानबाट सुरु भएको यो निर्वाचन आज राति ११ बजेर ५९ मिनेटसम्म जारी रहनेछ । राजनीतिमा सहभागिता जनाउन खासै रुची लाग्दैन मलाई । एनआरएन रुपमा राजनीतिक संस्था नभएपनि सारमा यहाभित्र हुने चर्को राजनीतिबारे म जानकार नभएको त होइन तर साथीभाइको लहलहैमा यसको साधारण सदस्यता लिइ हालियो ।  जे सुकै भएपनि हामीजस्ता गैर आवासीयहरुको प्रतिनिधित्व गर्ने छाता संस्था त एनआरएननै हो नि भनेर चित्त बुझाइएकै छ ।
तर हामीजस्ता सर्बसाधरणलाई कहिलेकाही सारै अप्ठ्यारो आइलाग्छ । जब निर्वाचन आयोगले भोट हाल्न लिंक सहितको इमेल पठायो, त्यसपछि अप्ठ्याराहरुभित्रको बिभिन्न अप्ठ्यारो क्रम सुरु भयो । सुरुमा लिंकलाई पछ्याउदै जादा एउटा सानो कोठामा सदस्यता नम्वर हाल्न भनियो । सदस्यता नम्वर थाहा पाउनै केही समय लाग्यो । त्यसपछि त्यहा निकैबेर संघर्ष गर्नुपर्यो । नम्वर टाइप गर्थे । छेउमा रातो धर्का देखापथ्र्यो । दिक्क लागेर भोटर लिस्टबाट कपीपेस्ट गरेपछि बल्ल उम्मेदवारलाई भोट हाल्ने ठाउमा पुगियो । त्यहा ८१ जना महानुभावको नाम रहेछ । छान्नुपर्ने ३१ जनालाई । सारै अप्ठ्यारोमा परियो । नेपालतिर बिद्यार्थी युनियनमा यस्तो लामो नामलिस्टधारी मतपत्रमा भोट हालेको अनुभव थियो । जुन नाम हेर्यो, छुटाउन मन लाग्दैनथ्यो । कसलाई दिने, कसलाई छाड्ने धर्मसंकटमा परिन्थ्यो ।
तर यो मतपत्र हेरेपछि सारै संकटमा परियो । दोहोर्याई , तेहर्याई मतपत्र पढे । । ६ जनाभन्दा ज्यादा चिनेको नाम नै छैन । चुनाव भन्छन । कसलाई चुन्नु , कसरी चुन्नु । चिनेकै छैन । कसैले भोट मागेको पनि छैन । त्यहा नाम हुनेहरुको योग्यता, क्षमता र उसले समुदायलाई लगाएको गुणबारे पनि आफूलाई केही थाहा छैन । चिनेका ६ जनालाई आखा चिम्लेर भोट हालियो । उनीहरुमध्ये पनि दुई जनाले मात्रै भोट मागेका थिए म सग । अहिलेको सूचना र प्रविधिको युगमा म कति पछाडी रहेछु जस्तो लागिरह्यो । उम्मेदवारहरुको बारेमा मैले समयछदै खोजिनिति गर्न सक्नुपर्थ्यो । उहाहरुको फेसबुक, टि्वटर पेज फलो गर्नुपथ्र्यो होला । तर म त नेपालजस्तै सोच्थे । कुनै न कुनै माध्यमबाट उम्मेदवारहरुले भोट माग्छन होला जस्तो लाग्थ्यो । नभन्दै केही साता पहिले एक उम्मेदवारले भोट माग्दै पठाएको इमेल पाएको थिए मैले ।
मतपत्रमा अबस्टेन अर्थात तठस्थता बस्ने अधिकार पनि दिइएको रहेछ । खुशी लाग्यो । केही पदमा अबस्टेन कोठामै चिन्ह लगाए । तर बोर्ड मेम्बरमा म एकजनालाई मात्र मत दिन चाहन्थे । ३४ जनाको उम्मेदवारी रहेछ त्यो पदको लागि । तर मतपत्र यस्तो बनाइएको रहेछ कि ११ जनालाई भोट हाल्नुपर्ने वा अवस्टेनमा मतदान गर्नुपर्ने । त्यो चाही अलि चित्त बुझेन । एक जनाको लागि चिन्दै नचिनेको थप १० जनालाई  पनि मत हाल्नुपर्यो । अर्को पटक त्यहा पनि प्रजातान्त्रिक अधिकार दिइयोस भन्ने अनुरोध गर्न चाहन्छु । बिष्णु कार्की

No comments:

Post a Comment