Wednesday, September 6, 2017

कुर्ता सलवारमै महिला रेसलिंग रिंगमा उत्रिएपछि..........

भारत हरीयाणाकी कविता देवी जब डब्ल्यूडब्ल्यूईको रेसलिंग रिंगमा कुर्ता सलवार लगाएर प्रतिद्वन्द्वीसग भिडन्तको लागि उत्रिइन उनले दुनियाको ध्यान तानिरहेकी छिन् । न्यूजिल्याण्ड की रेसलर डकोटा काइको बिरुद्धको उनको पहिलो रेसलिंग भिडन्तको भिडियो यतिबेर इन्टरनेटमा भायरल भइरहेको छ । डब्ल्यूडब्ल्यूइमा पुग्ने कविता भारतको पहिलो महिला रेसलर हुन ।
युट्यूबमा अपलोड गरिएको उक्त भिडियो पाच दिनभित्र ३५ लाख भन्दा बढीले हेरेका छन् । कुनै समय आत्महत्याको दुष्प्रयास गरेकी कविताको जिवन संघर्ष साच्चै प्रेरणादायी छ । उनले आफ्नो देशको संस्कृतिको प्रचार गर्न कुर्ता सलवार लाएर रेसलिंग खेलेको बताइन ।
उनले आत्महत्यको बाटो रोज्नुपर्ने कारण खोतल्दै भनिन , 'मेरो बच्चा आठ नौ महिनाको थियो । परिवारबाट कुनै सपोर्ट मिलिरहेको थिएन । एक समय यस्तो आयो मैले खेल छोड्नुपर्ने भयो । त्यसपछि मलाई आफ्नो जिन्दगी बोझ लाग्न थाल्यो ।'  उनले अगाडि थपिन, 'मैले बच्चै देखि पालेको सपना क्षणभरमा खत्तम भएको मलाई हेर्नु थिएन । त्यसैले सन २०१३ मा मैले आत्महत्या गर्ने कोशिस गरे ।  म यति निराश थिए कि त्यतिबेर मलाई आफ्नो बच्चाबारे पनि ख्याल आएन ।'
उनले पतिदेखि जन्मघर र कर्मघर कतैबाट पनि सपोर्ट नपाएपछि आफूले त्यस्तो गलत बाटोमा हिड्न लागेको स्मरण गरिन ।
उनको वेट लिफ्टींगबाट रेसलिंग क्षेत्रमा प्रवेश गर्दाको पनि रोचक कहानी छ । एक दिन द ग्रेट खलीको कोचिंग सेन्टरमा फाइट हेर्न जादा  एक पुरुष रेसलरले फाइट जितेपछि कोही छ भन्दै पूरा भिडलाई चुनौति दिएको बताउदै उनी भन्छिन, 'उसको आवाजमा घमण्ड थियो ।  म सुट सलवारमा आफ्नो परिवारको साथमा थिए । म रेसलिंग रिंगमा प्रवेश गरे र उसलाई पछार्दे । त्यसपछि खली सरले मलाई रेसलिंग सिकाउन थाल्नुभो ।' बीबीसी न्यूजबाट केनेपाल केन्टकी लुइभीलका लागि

No comments:

Post a Comment