Tuesday, September 26, 2017

सुत्ने बेलामा मोवाइल, ल्यापटप चलाउनेहरु होसियार !

सम्झनुस त, हिजो राती सुत्नु भन्दा अघि तपाइले अन्तिम काम के गर्नुभयो ?
सम्भावित उत्तर भनेको तपाइले सुत्नु अघि मोवाइल वा ल्यापटपमा फेसबुक हेर्नुभएको हुनसक्छ । या कुनै त्यस्तै सामाजिक संजालमा आंखा दौडाउनुभयो या इमेल चेक गर्नुभयो । तपाइको जवाफ यही हो भने पनि त्यसो गर्ने तपाइ एक्लो पक्कै हुनुहुन्न । अमेरिकाको नेशनल स्लीप फाउण्डेशनको एक अध्ययन अनुसार ४८ प्रतिशत अमेरीकीले सुत्नु अघि टेबलेट, ल्यापटप, मोवाइल जस्ता ग्याजेटस चलाउछन ।
तर कयौ अध्ययनले रातमा सुत्नुअघि यस्तो ग्याजेटस चलाउदा तनाव बढ्ने तथा आत्माविश्वासका साथै मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने देखाएको छ । निन्द्रा पूरा नहुदा हाम्रो कार्यक्षमतामा ह्रास आउने अनि स्वास्थ्यमा दिर्घकालीन असर पर्ने अध्ययनहरुले देखाएको छ ।
सुत्नुअघि किताब पढ्नु तथा टिभि हेर्नु अलग कुरा हो र यस्तो आधुनिक ग्याजेटको प्रयोग गर्नु विल्कुलै फरक बिषय हो । बिशेषज्ञहरुका अनुसार हाम्रो मस्तिष्कलाई निदाउने तयारीको लागि आधादेखि एक घण्टा समयको जरुरी पर्छ । त्यतिबेर दिमाग दिनभरको तनावबाट मुक्त भएर शान्त हुन्छ । सुत्नुअघि किताब पढ्नु र तातो दूध पिउनु फाइदाजनक मानिन्छ ।
क्यालिफोर्निया विश्वविद्यालयका न्यूरोसाइन्स तथा मनोबिज्ञानका प्रोफेसर माथ्यु वाकर भन्नुहुन्छ, यस्ता ग्याजेटसको कारण ढिलोगरी निन्द्रा आउछ । किनकि हाम्रो मस्तिष्कले शान्त हुने मौका पाउदैन । सुत्नको लागि तयारी हुदै गर्दा फेसबुक वा ह्वाटसएपमा कुनै म्यासेज आउछ त्यसले गर्दा हाम्रो २०-३० मिनेटको समय त्यसै वर्वाद हुन्छ । जब हामी कसैलाई म्यासेज पठाउछौ, फेसबुकमा केही पोष्ट गर्छौ वा इमेलपठाउछौ , त्यसमा अरुको प्रतिकृया जान्ने उत्सुक्ताले हाम्रो तन्त्रिकाहरु सकृय रहन्छ । त्यसैगरी हामी फोन ओछ्यानमा राखेर सुत्छौ अनि त्यतिबेर म्यासेजको साथ बज्ने आवाजले हाम्रो निन्द्रा नराम्ररी प्रभावित पार्छ ।
कयौ यस्ता ग्याजेटसबाट निस्कने निलो प्रकाशले निन्द्रा लगाउन सहयोग गर्ने हार्मोन मेलाटोनिनलाई  समेत प्रभावित गर्छ ।
अमेरीकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको अनुमान अनुसार करिब ७ करोड अमेरीकीहरु रातमा ६ घण्टा भन्दा कम सुत्छन । जसको कारण कार्यक्षेत्रमा आफ्नो ध्यान केन्दि्रत गर्न नसक्ने तथा कयौ गम्भीर बिषय पनि भुल्ने समस्याले उनीहरु ग्रस्त हुन्छन । निन्द्राको अभावको कारण सडक दुर्घटना र औद्योगिक दुर्घटनाको खतरा बढेको बताइन्छ । निन्द्राको कमीले ह्रदय रोग, मोटोपना, मधुमेह जस्ता रोगहरुको खतरा रहन्छ ।
अक्सफोर्ड विश्वविद्यालयका स्लीप मेडिसिनका प्रोफेसर कलिन एस्पी भन्छन, निन्द्राको कमी सार्वजनिक स्वास्थ्यमा एउटा यस्तो ठूलो मुद्धा हो जसको अत्यन्तै कम चर्चा हुन्छ । हाम्रो स्वास्थ्य र तन्दुरुस्तीको लागि हुने कयौ शारिरिक, मानसिक कृयामा निन्द्रा अति जरुरी छ । उनले टेक्नोलोजीबाट श्रृजित समस्याको समाधान टेक्नोलोजिमै भएको जानकारी दिदै बजारमा निन्द्राको मनिटर गर्न र निन्द्रालाई मद्धत गर्न कयौ ग्याजेटसहरु उपलब्ध भएको बताए ।
वासिंगटन विश्वविद्यालयको स्लीप एण्ड परफमेन्स रिसर्च सेन्टरमा निन्द्राको गुणबत्ता नाप्न पोलीसोम्नोग्राफिक रेकडिंग सिस्टम्सको प्रयोग गरिन्छ ।
किंग्स कलेज लण्डनमा इन्स्िटच्युट अफ साइक्रेटीका बिशेषज्ञ बेन कार्टर केही बर्षदेखि टेक्नोलोजीले निन्द्रामा पारेको असरबारे अध्ययन गरिरहेका छन् ।  उनले यस्ता ग्याजेटसको लत धुमपानको लत जस्तै भएको बताए ।  उनले चौविसै घण्टा हरेक जानकारी पाउने तथा दुनियासग जोडिरहने लालसा तिब्र हुने भएकाले यसबाट छुटकारा पाउन एकदम मुश्किल भएको औल्याए । कार्टरले खुद आफ्नै उदाहरण दिदै आफूलाई यी सब जानकारी हुदाहुदै पनि रातभर मोवाइलमा अमेरीकी अखबार पढ्ने लत छुटाउन नसकेको बताए ।
 रिचर्ड ग्रेले बीबीसी क्यापिटलको लागि लेखेको यो आलेखको मुख्य अंशमा यहा केनेपालको पाठकको लागि अनुवाद गरिएको हो ।

No comments:

Post a Comment