Thursday, December 28, 2017

यात्रा संस्मरण ---- एउटा प्रतिभासंगको जम्काभेट

यात्रा संस्मरण
एउटा प्रतिभासंगको जम्काभेट
हिंउको ओछ्यानहरुमा लडीबुडी खेल्दै हामीसम्म् ठोक्क्नि आइपुगेको चीसो सिरेटोले कानै चुडाउलाकी जस्तो गर्दै थियो । मनभित्रको खुलदुली र कौतुहलताको रापले पनि मलाई तताउनै सकेको थिएन । एउटा अपरिचित ठांउ र परिवारसंगको जम्काभेटको संयोग जुर्नै लागेको थियो ।
केन्टकीलाई तीनसय माइल पछाडी धकेलीसकेको थियो हाम्रो यात्राले ।केन्टकीको फासफुसे हिंउ बिलाउदै थिए , हाम्रो यात्रासंगै । तर हामीलाई ओहायो कोलम्बसको सेताम्ये हिउ लम्पसार परेर स्वागत गर्न तयार थिए ।

चन्द्र दीयाली दाईको आतिथ्यको आभारी हुन जुरेको रहेछ । बर्षौअघि चिनेजस्तो, दशकौदेखिको सानिध्यन्नताजस्तो । पहिलो चोटी भेटदैछौ भन्ने पटक्कै महशुस हुन दिएन चन्द्र दाई र उहाको परिवारको सरलताले । पुरै परिवार संगितमा समर्पित   । चन्द्र दाईको बांसुरीको धुन अनि उहांको छोरा प्रबीनको सुमधुर आवाज र मेरो जिज्ञासु स्वभाव । अनिअरु त के चाहियो र ! रात बिताउन ।
क्रिसमसदेखि नयां बर्षसम्मको एघार दिने छुट्टीलाई यात्रासंग साट्ने निधो गर्दै म अनि मित्र हरी त्यतातिर दौडिएका थियौ । गन्तब्य थियो, पेन्सलभेनिया । पूर्व योजना अनुसार नै पहिलो दिन कोलम्वसमा बिताउदै थियौ ।तर कोलम्वस घुम्ने हाम्रो योजना त्यहा परेको दुई इन्चसम्मको हिंउसगै पुरिएका थिए ।
हामी यात्राको सार्थकता खोज्दै थियौ । तर चन्द्र दाई र उहाको परीवारसंगको भेटले क्षतिपूर्ति सहितको उपलब्धी दिइरहेको थियो हामीलाई । नातीकाजी देखि स्वर सम्राट नारायण गोपालसम्मको गीतमा बांसुरीको मिठो धुन दिएर कुनै समय र रेडियो नेपाल र बांसुरीको पर्याय नै बन्नुभएका शुशील विश्वकर्मासंग बांसुरी सिकिरहनु भएका चन्द्र दाईको बांसुरीको धुन पनि मन्त्रमुग्ध पार्ने खालको छ । अमेरीकाको बिभिन्न सांगितिक कार्यक्रममा बाद्य बाधनमा उहांको संलग्नता र लोकप्रियताले त्यसको पुष्टि गर्छ ।
चन्द्र दाई अनि हामी संगीत क्षेत्रको यस्तै कुरा गर्दै रात ढाल्दै थियौ । चन्द्र दाईको  छोरा प्रबीन अत्यन्तै प्रतिभाशाली गायक । संगीतमा राम्रो भविष्य बोकेका प्रबीनले अहिलेसम्म थुप्रै गीत गाइसकेका रहेछन ।  उनको ब्यस्तताले उनीसगको अन्तरंग कुराकानी गर्ने साइत जुरीरहको थिएन । उनले गायका गीत युटुबमा हेर्दै चन्द्र दाई र हाम्रो कुराकानी अघि बढीरहेका थियो । प्रबीनले गाएको 'घुमीफिरी दशै आयो' भन्ने गीतमा गायक बाबु बोगटीको अभिनय हेर्न पाइदो रहेछ । 'पाउजु' एल्बमको लागि प्रबीनले भर्खरै गायको गजल 'मेरै नामको सिंदुर' भन्ने गीत नेपालमा लोकप्रीय हुदै गरेको पनि थाहा पाइयो  । धेरै वटा नेपाली अनि हिन्दी कभर संग गायका प्रवीनको गीतका युटुब भ्यूअर्सहरु दिनपतिदिन बढ्दै छन् ।
उनी त्यस्तै एउटा कभर गीतको म्यजिक भिडीयोको छायांकनमा ब्यस्त थिए । ढीलो राती आइपुगे । भोलीपल्ट बिहान ८ बजे एउटा छोटो अर्तवार्ता गर्ने योजना साथ सुतियो । तर दुर्भाग्य ८ नबज्दै हामी हिड्नुपऱ्यो । त्यो संयोग हामीलाई जुरेन ।

बांसुरी किंगस भन्दा पनि फरक नपर्ने सुशील बिश्वकर्मा पनि कोलम्वस नजिकै बस्नुहुदो रहेछ ।ओ हो सबै नेपाली प्रतिभाहरु यतै । अमेरीकतिरै । नायक नायीकादेखि गायक गायीका, संगितकार देखि पत्रकार । सबै विदेश  । सबैको विदेश बसाइको आ-आफ्नै ब्याख्या । पेन्सलभेनियातर्फ अघि बढदै गर्दा मेरो मनमा भने कुरा खेलिरहयो कसरी रोकिएला यो प्रतिभा पलायन नेपालबाट ।
[ आलेखमा प्रयोग भएको तस्बीर चन्द्र दीयाली दाइको हो ।]

No comments:

Post a Comment