Saturday, January 27, 2018

समाचार बिष्लेषण -मार्शल स्कुलका सुटरबारे

स्कुल पढ्दै गरेको १५ बर्षे किशोर यति निर्मम कसरी हुनसक्छ ? मार्शल स्कुलको गोलीकाण्ड पछि सबैको मनमा यस्तै प्रश्न उब्जिएको छ । स्वयम उनका सहपाठीहरुलाई समेत उनको यो हर्कत विश्वास गर्न गारो परिरहेको छ ।
किशोर उमेरका हुनाले अदालतीय प्रकृया समेत चलिरहेकाले उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन तर सामाजिक संजालहरु र केही संचारमाध्यममा उनको नाम सार्वजनिक भइरहदा उनको साथीहरु भने आश्चर्यमा परिरहेका छन् ।
स्कुलको सांगितिक ब्याण्डमा ट्रमबन बजाउने त्यो किशोर आज कसरी आफ्नै सहपाठीलाई टाउकोमा गोली ताक्ने निर्दयी बन्यो भन्ने प्रश्नको जवाफ उनको साथीहरुसंग पनि छैन ।
हजुरआमाको प्यारो नाति भएकाले उनलाई साथीहरुले 'ग्य्राण्डमाज बोए ' र अलि लजालु स्वभाव भएकाले 'साइ बोए ' भनेर उपनाम समेत दिएका थिए । हजुरबुवा हजुरआमासंग फिसिंग गर्न गइरहने उनलाई हजुरआमाले असाध्यै माया गर्थिन, 'उनले जे चाहन्थे हजुरआमाले पुरा गरिदिन्थिन ।' उनका साथीहरु सम्झन्छन, उनी कमै बोल्थे । तर मिजासिला थिए ।
भनिन्छ,बालकहरुको पहिलो पाठशालानै घर हो । तर उनको त्यो पाटो भने बियोगान्त देखिन्छ । ५ बर्षको उमेरमा बुवाआमाबीच डिभोर्स भएपछि सौतेनी आमासंग हुर्किएका उनको बुवाको दोश्रो विवाह पनि टिकाउ हुन सकेन । कानुनी लफडाका साथ उनको वुवाको दोश्रो विवाह टुंगिएको थियो ।
घरेलु हिंशाको कारण उनको वुवाले जेल जीवन समेत भोगेका थिए । तर पनि वावुआमाको माया उनले हजुरआमावाट पाइरहेका थिए ।
पढाइमा अब्बल नै रहेका उनको बहुलट्ठी ब्यवहारपछि धेरै साथीभाइ क्रुद्ध भएपनि गोली लागेर उपचार गराइरहेकी एक किशोरीले उनलाई माफ गर्न सकिने दया ब्यक्त गरेकी छिन ।उनी भन्छिन, 'आखिर उ पनि त घाइते भयो नि !'
उनको स्कुले जीवन सरल भएपनि गोलीकाण्डपछि उनीबारेका साथीभाइको टिकाटिप्पणी भने अली झस्काउने खालको छ । क्रिसमस विदापछि स्कुल फर्किदा उनी अलि हिंशाप्रेमी देखिएको उनको कुराकानीबाट झल्कने केही साथीहरुको भनाइ छ ।
एउटा किशोरको यस्ता कुराहरुलाई साथीभाइले साएद गम्भीरतापूवर्क लिएनन, किनकी उनी माफियासम्मको कुरा गर्ने भइसकेका थिए ।
अर्को एउटा उदेकलाग्दो प्रश्न के पनि छ भने उनको आमावुवाले गन राख्दैनथे । तर ति किशोरसंग त्यस्तो घातक गन कसरी आइपुग्यो ?
यी सबै प्रश्नहरुले प्रहरीको छानवीनपछि उत्तर त पाउला नै तर लुइभील मेट्रो पुलिससंग भएको तथ्यांक पनि त्यति सुखद भने छैन । सन २०१७ को को अन्तिमतिर सम्मको रेकर्ड हेर्दा त्यो बर्ष  लुइभिल क्षेत्रमा मात्र १४ किशोरहरु हत्या जस्ता विभिन्न जघन्य अपराधमा मुछिएका छन् । यो तथ्यांक सन २०१६ को भन्दा दोब्बर जस्तै हो ।
यो सेरोफेरोमा कुरा फेरी उहीनेर पुग्छ । अमेरीका र बन्दुक । यहाका बन्दुकहरु जनसंख्या जतिनै ब्यक्तिका हातहरुमा छन् । बन्दुक समस्या कि कानुन समस्या भन्नेमा अमेरीकीहरु विभाजित छन, पहिले कुखुरा कि अण्डा भनेजस्तै ।
तर यर्थाथ त यो हो, केण्टकीले २० बर्षपछि पुन दुइ होनाहार छात्रालाइ गुमाएको छ , सन १९९७ को हीथ हाइस्कुलको गोलीकाण्डपछि ।
केनेपाल न्यूज डेस्कको समाचार बिष्लेषण

No comments:

Post a Comment