Saturday, January 27, 2018

आप्रावासीलाई सहयोग गर्दा लुइभील शहर अप्ठयारोमा !


कागजात नभएका आप्रावासीहरुलाई संरक्षण गर्ने निति बनाएपछि लुइभील शहर केन्द्र र राज्य सरकारको निशानामा परेको छ ।
डेमोक्रेट पार्टीका तर्फबाट मेयर निर्वाचित जर्ज फिसर र उनको परिषदले गत बर्ष लुइभीललाई आप्रावासी मैत्री शहर बनाउन त्यस संग समन्धित निति पारित गरेको थियो । जस अनुसार लुइभिलमा कागजात नभएका आप्रावासीहरुलाई पक्राउ गर्न न्यायाधीशको अनुमति चाहिन्छ । त्यसैगरी हिंशा वा अपराधमा संलग्नवाहेकलाई पक्राउ गर्न नपाइने निति बनाएको थियो ।
रिपब्लिकनको बहुमत भएको  केन्द्र र राज्य सरकारले लुइभील मेट्रो काउन्सीलको यो नितिलाई मन पराएका छैनन ।
 बिशेषगरी डेमोक्रेटहरुको बर्चश्व रहेका लुइभीलजस्तै अमेरीकाका केही शहरहरुले केन्द्र सरकारको नितिलाई चुनौति दिदै आप्रवासीहरुलाई संरक्षण गर्ने निति पारित गरेका छन् । त्यस्ता शहरलाई 'कथित स्यान्चुअरी सिटि ' भनिन्छ । यूएस फेडरल ब्यूरोले यो नीतिलाई कागजातविहिन आप्रावासीहरुलाई पक्राउ गर्न स्थानीय स्तरको असहयोगको रुपमा लिएको छ ।
यसको बदलामा ट्रम्प  प्रशासन र राज्य सरकारले लुइभीललाई दिदै आएको अनुदानमा कटौती गर्ने चेतावनी दिएका छन् । राज्य सरकारले अप्ठ्यारो पार्ने खालका निर्णयहरु गरेकाले डेमोक्रेटहरुले यसलाई 'वार अन लुइभील 'को संज्ञा दिदै आएका छन् ।
अमेरिकी न्याय विभागले समेत हालै लुइभीललाई एक पत्र लेखि यसले पास गरेको नितिले फेडरल इमिग्रेसन कानुनको उल्लंघन गर्नसक्ने भन्दै सचेत गराएको छ ।
लुइभीलले लिएको यो नितिले लुइभील प्रहरीको सवारी साधनमा हुने  मोवाइल् डाटा टर्मिनल सिस्टममा प्रयोग गरिने  उपकरणको ५ लाख ७० हजार डलरको बजेट प्रभावित हुनसक्ने चेतावनी दिइएको छ ।
गत सातामात्र देशभरका डेमोक्रेटिक मेयरहरुले बजेट सम्न्बन्धमा तय गरेको ट्रम्प प्रशासनको मिटिंग न्याय बिभागको पत्रपछि बहिष्कार गरेका थिए । तर लुइभिलका मेयर जर्जले भने उक्त मिटिंगमा सहभागिता जनाउनुभयो ।
त्यसैगरी केन्टकी राज्य सरकारका बिधायकहरुले पनि लुइभीलको करीब ३६.५ मिलियन बजेट प्रभावित पार्ने खालको प्रस्ताव दर्ता गराएका छन् ।
केनेपाल न्यूज केन्टकी लुइभील

No comments:

Post a Comment