के नेपाल अर्थात केन्टकीनेपाल केन्टकीको लुइभीलबाट अपडेट भइरहेको ब्लग हो । ६ महिनाको छोटो अवधिमानै हजारौ पाठकहरुो प्रीय बनेको केनपाल केही प्राविधिक कारणले ब्यवसायीक रुपमा डटकमा परिणत हुन सकिरहेको छैन । तर ब्लग नै सही, भरपर्दो र सामुदायीक सूचनाहरु समयमै दिएर के नेपाल हजारौ पाठकहरुको सूचनाको साथी बनेको छ ।
एकदमै सिमित श्रोत, साधन र जनशक्तिको कारण केही समाचारहरु समयमै अपडेट हुन नसकिरहेको यथार्थ त छदैछ तर पाठकहरुसंगको अन्तरक्रियाको अभाव हुदा पनि तपाइहरुको रुची अनुसारको सामाग्री पस्कन नसकिरहेको हो कि भन्ने महशुस भएको छ ।
यो केन्टकीको लुइभीलबाट अपडेट भइरहेको ब्लग भएको र यहां नेपाली भाषीहरुको उल्लेख्य जनसंख्या भएकाले अहिले ब्लगले स्थानीय समाचार र सूचनाहरुलाई प्राथामिकतामा राखेको छ ।यो केन्टकीको लुइभीलबाट अपडेट भइरहेको ब्लग भएको र यहां नेपाली भाषीहरुको उल्लेख्य जनसंख्या भएकाले अहिले ब्लगले स्थानीय समाचार र सूचनाहरुलाई प्राथामिकतामा राखेको छ ।
केही पाठकहरुले समाचार , बिष्लेषण तथा विचारहरु छोटो भएको प्रतिकृया दिनुभएको छ । तर यहांको ब्यस्त जनजीवनमा लामो सामाग्रीहरु पट्यारलाग्दो हुने भएकाले संक्षेपमा तर मुख्य कुरा नछुटाई त्यस्ता सामाग्रीहरुको चयन गरिने जानकारी गराइन्छ ।
सूचनाको अभावमा कयौ अवसरहरुबाट हाम्रो नेपाली समुदाय बन्चित हुनु परेको र आफू बसेको ठांउको सबै बिषयको जानकारी राख्नुपर्छ भन्ने सोचाइका साथ स्थानीय समाचारहरु प्राथामिकतामा परेका हुन् ।
केहीले नेपालका समाचारहरुबारे पनि यहा अपेक्षा गर्नुभएको छ तर नेपालका समाचार दिने नेपाली भाषाका थुप्रो समाचार माध्यम भएकोले तिनैबाट साभार गरेर तथा तिनै सामाग्रीको आधारमा धारणा बनाएर सामाग्री पस्कनु केबल समयको वर्वादी मात्रै हो जस्तो लाग्छ । भविष्यमा आफ्नै श्रोत साधन परिचालन गरिने अवस्था आएमा त्यसवारे पनि सोच्न सकिन्छ ।
यो ब्लग त हो तर यसलाई सबै नेपाली भाषी परदेशीको साझा बनाउने प्रयास गरिएको छ। तपाइसग पनि कुनै सूचना सामाग्री छ भने पठाउनुस । सधै स्वागत गरिनेछ । यो विल्कुलै नाफारहित समुदायमा समर्पित ब्लग हो । ब्लग कस्तो छ आफूलाई लागेको प्रतिकृया र सुझाव दिइरहनु भयो भने हौशला त बढनेनै छ अर्को अर्थमा यसले तपाइको रुचि अनुसारको सामाग्री पस्कन पनि मद्धत गर्नेछ ।
लाइक गर्नुस, सेयर गर्नुस, प्रतिकृया दिनुस, गुगल प्लसमा फलो गर्नुस । यो नया फेसबुक पेजलाइ साथ दिनुस । हौशला र सुझावको बदलामा तपाइले सूचना पाइरहनु हुनेछ । अनि अन्त्यमा तपाइलाई थाहा छ त्यसैले मलाइ थाहा छ मलाइ थाहा छ त्यसैले तपाइलाई थाहा छ । धन्यवाद तपाइको साथ सहयोग र प्रतिकृयाको लागिकेनेपालसंग जोडिन जीमेल पनि प्रयोग गर्न सक्नुहुनेछ kenepalnews@gmail.com
No comments:
Post a Comment