Saturday, February 10, 2018

ट्याक्स फाइल गर्ने बेला डरलाग्दो ठगी, कसरी जोगिने ?


दुइ दिन अघि अर्थात फेब्रुअरी ८ मा वासिंगटन पोष्टमा एक खबर छापियो, ११ हजार अमेरीकनहरुलाई ट्याक्स छलेको झुठो बहानामा ठग्ने योजना बनाइरहेका तीन जनालाई भारतीय प्रहरीले पक्राउ गऱ्यो । इण्डियाको पुनेको कल सेन्टरबाट अमेरीकामा फोन र म्यासेज गरी रकम ठग्ने योजना बनाइरहेका ति तीन जनाको ल्यापटप, हार्डडिस्क त्यहाको प्रहरीले नियन्त्रण लिदा एउटा यस्तो आश्चर्यजनक सूचना पत्ता लाग्यो कि उनीहरुसंग ११ हजार अमेरीकीहरुको बैंक डिटेल, एकाउण्ट नम्वर, घरको ठेगाना, फोन नं सबै उपलब्ध थियो । भारतीय प्रहरीनै आश्चर्य चकित भयो उनीहरुसंग ब्यक्तिका त्यस्ता गोप्य विवरण कसरी आइपुग्यो ।
भारतीय प्रहरीले छानबीन अघि बढाउन ठगीको सूचीमा रहेका १५ सय अमेरीकनहरुलाई केही जानकारी माग्दै इमेल समेत गऱ्यो तर तीन जनाले मात्र जवाफ फर्काएको बताइएको छ । ठगहरुले ट्याक्समा गडबडी छ भन्दै भ्वाइस म्यासेज छोड्ने गर्थे र आफू आइआरएसको अधिकारी भएको भन्दै सम्पर्क गर्न आदेश दिन्थे । उनीहरुले गिफ्ट कार्ड, आइट्युनस मार्फत पैसा प्राप्त गर्ने गरेको भारतीय प्रहरीको आशंका छ ।
यो त एउटा सामान्य उदाहरण मात्र हो । बिशेषगरी ट्याक्स फाइल गर्ने बेलामा यसरी फोन र इमेल मार्फत अमेरीकामा हजारौ ठगिने गर्छन । आइआरएसको अधिकारी भएको भन्दै फोन गर्ने र कर छलेको भन्दै धम्याउने घटना अमेरीकामा नौलो होइन ।
सन २०१३ को अक्टोबर यता फोन कल मार्फत १० हजार जनाको ५४ मिलीयन डलर ठगी भएको आइआरएसको तथ्यांकले देखाउछ ।
कतिपयको त सबै विवरण चोरी गरेर अर्कैले ट्याक्स फाइल गरेर ट्याक्स रिटर्नको पैसा लिने गरेको समाचारहरु पनि प्रकाशित भइरहेका छन् ।
आइआएसले सन् २०१६मा मेजर आइडेन्टेटी थेप्ट (ब्यक्तिगत विवरण चोरी ) को ४ लाख १ हजार केस पाइएको र २०१७ मा  दुइ लाख ४२ हजार रिपोर्टहरु प्राप्त भएको जनाएको छ । फोन कल र इमेल पाउनेहरुको संख्या त त्यसको कयौ गुणा बढी हुनसक्ने अनुमान गरिएको छ ।
ठगी बाट कसरी जोगिने ?
आइआरएस आयुक्त जान कोस्किनन आइआरएसले साधारणतय फोन गरेर विवरणहरु नमाग्ने बताउनुहुन्छ । उहाले आइआरएसले मेल चिट्ठी मार्फत सेवाग्राहीसंग सम्पर्क गर्ने हुनाले फोनमा कुनै जानकारी नदिन आग्रह गर्नुहुन्छ ।
आइआरएसले यी कुरा कहिले गर्दैन
- करदाताहरुले तिर्नुपर्ने रकम भए आइआरएसले चिट्ठी मार्फत सम्पर्क गर्छ नकि कुनै वायर टान्सफर, डेविट वा क्रेडिट कार्ड, गिफ्ट कार्ड मार्फत फोनमा तुरुन्त भुक्तान गर्नु भनि आदेश दिन्छ ।
-  आइआरएसले प्रहरी लगाएर पक्रने धम्की फोनमा कहिले दिदैन न त डिर्पोटेशन गर्ने धम्कीको भाषा नै प्रयोग गर्छ ।
- करदातालाई बांकी रकमबारे सवाल जवाफ वा अपिल गर्ने छुट आइआरएसले दिन्छ नकि रकम तोकेर तुरुन्त तिर्न दबाव दिन्छ
  • तपाइलाइ ठगिएको महशुस भएको छ भने तलको ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।
  • Contact TIGTA to report the call. Use their ' IRS Impersonation scam reporting' web page. Alternatively, call 800-366-4484.
  • Report it to the Federal Trade Commission. Use the  'FTC Complaint Assisant ' on FTC.gov. Please add "IRS Telephone Scam" in the notes
  • केनेपाल न्यूज केन्टकी लुइभील

No comments:

Post a Comment