स्टोरहरुमा छिर्ने वित्तिकै सेल ट्यागहरु झुण्डिएको देखिन्छ । तर कयौ सेल ट्यागहरु र रेगुलर प्राइसबीच खासै भिन्नता हुदैनन । सबै स्टोरका आ आफ्नै कोडहरु हुन्छन । आज हामी तपाइलाई टार्गेट( Target )स्टोरको सेल ट्यागको सिक्रेटबारे बताउन जांदैछौ ।
सेलमा राखिएका बस्तुहरु सबै सस्तो हुंदैनन । केहीको मूल्य अझ तल झर्न सक्छ । स्टोरको कोड बुझ्न सकियो भने त्यसले हामीलाई सस्तो मूल्यमा सामान किन्न सघाउ पुऱ्याउछ ।
- ट्यागमा राखिएको मूल्य सूचीको अन्तिम डिजिट 9अर्थात $0.09 देख्नुभयो भने त्यो रेगुलर प्राइस हो ।
-यदी ट्यागमा $0.06 वा $0.08 देख्नुभयो भने त्यो डिस्काउट प्राइस हो ( जस्तै $4.38)
-यदी ट्यागमा $0.04 देख्नुभयो भने त्यो क्लियरेन्स प्राइस हो । तपाइले साच्चै डिलमा सामान फेला पारिरहनुभएको छ ।
त्यसको अतिरिक्त ट्यागको टप राइट कर्नरमा पनि अतिरिक्त जानकारी दिइएको हुन्छ । अधिकांश ट्यागहरुमा ३०, ५० वा ७० देख्न सकिन्छ । त्यो भनेको तपाइले प्राप्त गरिरहनु भएको छुटको प्रतिशत हो । जस्तै ३० प्रतिशत, ५० प्रतिशत र ७० प्रतिशत । तपाइले ९० प्रतिशत सम्म छुटमा सेलका सामान पाउन सक्नुहुन्छ ।
केनेपाल न्यूज केन्टकी लुइभील
No comments:
Post a Comment