Thursday, February 8, 2018

अमेरीकी सेयर बजारमा दोश्रो पटक गिरावट/ बेरोजगारी दर न्यून / ब्याज बढ्ने आशंका


अमेरीकी सेयर बजार एक पटक फेरी नराम्रोसंग तल झरेको  छ । डाओ जोंस एक सातामा दोश्रो पटक एक हजार भन्दा बढी अंकले खस्केको छ ।  यूरोपको सेयर बजारले पनि ठूलो संकट झेल्नुपरेको छ ।
डाओ जोंस ४.५ प्रतिशत खस्केर २३ हजार ८ सय ६० अंकमा आज बन्द भयो । त्यस्तै एसएंडपी एक सय अंक भन्दा तल खस्कीयो भने नेडैस्कमा २ सय ७५ अंकको गिरावट आयो ।

किन खस्कदैछ अमेरीकी सेयर बजार ?
बिहीबार अमेरीकामा साप्ताहिक बेरोजगारीको तथ्यांक प्रकाशित भएको थियो । जसमा ४५ बर्षकै सबैभन्दा कम बेरोजगार रहेको तथ्यांक प्रस्तुत गरिएको छ । देशले दिदै आएको बेरोजगारी भत्ता प्राप्त गर्नेहरुको संख्यामा उल्लेख्य कटौती आएकोले अमेरीकामा ऐतिहांसिक रुपमै बेरोजगारहरुको संख्या कमि भएको ठहर गरिएको हो । धेरैलाई जागीर मिल्नुको सम्भावना भनेको  दक्ष जनशक्तिको बजारमा खोसाखोस हुनु हो । नया भर्ना गर्दा आकर्षक ज्याला दिनुपर्ने र पुरानालाई टिकाइराख्न  ज्याला बढाउनुपर्ने भएपछि अमेरीकामा ज्याला सुविधा बढ्ने अनुमान गरिएको छ । अर्थशास्त्र अनुसार ज्याला बढ्नु भनेको  महंगी बढ्नु हो ।
महंगीलाई नियन्त्रणमा लिन बैंकको ब्याजदर बढाउनुको विकल्प छैन ।  विश्वमा हरेक केन्द्रिय बैंकले महंगी नियन्त्रण लिन ब्याजदर बढाउने गर्छन ।
ब्याज दर बढेपछि कम्पनि तथा ब्यक्तिले ऋण लिदा बढी ब्याज तिर्नुपर्छ र यसले सन्तुलन बनाइराख्छ भन्ने अर्थशास्त्रको सिद्धान्त अनुसार अमेरीकाको सेयर बजारमा हलचल मच्चिएको हो ।
तर अर्को थरीको भनाइ अनुसार  शेयर कारोबारीहरु मुनाफामुखि भएकोले यो खस्किएको पनि तर्क गर्छन ।
न्यूज एजेन्सीहरुको सहयोगमा केनेपाल केन्टकी लुइभील

No comments:

Post a Comment