Monday, February 19, 2018

ट्रंप बन्दुक नियन्त्रणमा सकरात्मक / बन्दुक किन्न अहिले के प्रावधान छ ?


कसैलाई  बन्दुक राख्न इजाजत दिनु पहिले उसको पृष्ठभूमिको विस्तृत चेकजांच गर्न अनिवार्य बनाउने प्रयासलाई राष्ट्रपति डानल्ड ट्रंपले समर्थन जनाउनुभएको छ । ह्वाइट हाउसले यस सम्बन्धि आज जानकारी दिएको हो ।
 उहांले यस सम्बन्धमा रिपब्लिकन सीनेटर जान कांर्निगसंग दुई दलीय बिधेयकबारे कुराकानी गर्नुभएको हो । यो दुइ दलिय बिधेयकमा कसैलाई बन्दुक किन्ने अनुमति दिनु अघि गरिने उसको पृष्ठभूमि चेकजांचमा कडाइ गर्ने प्रस्ताव गरिएको छ ।
फ्लोरिडामा हालै बिद्यालयमा भएको गोलीबारीमा १७ जना मारिएपछि बन्दुक नियन्त्रणको पहल गर्न चौतर्फी आवाज उठिरहेको बेला ट्रंप यस सम्वन्धमा सकरात्मक देखिनुभएको हो ।
उक्त घटनाका संदिग्ध निकोलस क्रुजले गत बर्ष मात्रै सात राइफल खरिद गरेका थिए । जबकि सन २०१६ मा फ्लोरिडा मेन्टल हेल्थ वर्कर्सले निकोलसको मानसिक अवस्थाको उपचार गरिरहेको थियो । उसले त्यस्तो अवस्थामा निर्वाध राइफल खरिद गर्न पाएको थियो ।
घटनापछि उक्त बिद्यालयका बिद्यार्थीहरुले बन्दूकमाथि कडा नियन्त्रणको मांग गर्दै बिभिन्न अभियान थालेका छन् । बिद्यार्थीहरुको समूहले राजधानी डीसीमा प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सारा सैंडर्सले राष्ट्रपति ट्रंपको भूमिका प्रति भन्नुभयो, 'अहिले यस बिषयमा चर्चा भइरहेको छ र कानुन सुधारप्रति बिचार भइरहेको छ । राष्टपति फेडरल ब्याकग्राउण्ड चेक सिस्टमलाई प्रभावकारी बनाउनुपर्छ भन्ने बिषयमा सकरात्मक हुनुहुन्छ ।'
अमेरीकामा कसैले पनि बन्दुक किन्न चाह्यो भने लाइसेन्सधारी फेडरल डिलरले उसको पृष्ठभूमिको चेकजांच गर्नुपर्छ । बन्दूक किन्न चाहनेले एक फर्म भर्नुपर्छ र त्यसमा भरिने ब्यक्तिगत विवरणमा उसको अपराधिक पृष्ठभूमिबारे सोधिन्छ । यसपछि ब्यक्तिको उक्त विवरण एफविआईको नेशनल इंस्टेंट क्रिमिनल ब्याकग्राउण्ड चेक सिस्टम (एनआईसीएस 0)लाई दिइन्छ । एनआइसीएसले गत बर्ष यस्तो प्रकारको २ करोड २५ लाख आवेदनको चेकजांच गरेको थियो ।
तर यो प्रावधान हुदाहुदै पनि यसमा धेरै कमजोरीहरु पनि छन् । एनआइसीएसको सिस्टममा संघीय अधिकारीहरुले दोषी ठहराएका र मानसिक स्वास्थ्य ठिक नभएको भनि प्रमाणित गरेकाहरुको मात्रै विवरण् रहने गर्छ ।
यो सिस्टममाथि धेरे पटक प्रश्न उठाइसकिएको छ र यो कति प्रभावहिन छ भने टेक्सासमा २६ जनाको गोली हानि हत्या गर्ने एक संदिग्धबारे अमेरीकी एयर फोर्सले उसलाई त्यो घटनाभन्दा पहिलेनै  दोषी ठहर गरिसेको थियो । तर त्यसको रिोर्ट उसले एनआइसीएसलाई दिएन । त्यही बीचमा उक्त ब्यक्ति बन्दुक किन्न सफल भयो रेकर्डको अभावमा । र त्यति ठूलो घटना भयो ।
टेक्सास घटनापछि बन्दुक नियन्त्रणबारे रिपब्लिकन सिनेटर कार्निन र डेमोक्रेटिक सिनेटर क्रिस मर्फीले दुइ दलिय बिधेयक दर्ता गराएका थिए । यो बिधेयकमा केन्द्रीय एजेन्सीले ब्याकग्राउण्ड रिपोर्टलाई गम्भीरता र विस्तृतपूवर्क  चेकजांच गरेपछि मात्रै ब्यक्तिाई बन्दुक राख्न दिने नदिनेबारे निर्णय गर्नुपर्ने प्रस्ताव छ । तर यो प्रस्ताव अहिलेसम्म कंग्रेसले पास गरेको छैन ।
आज सिनेटर मर्फीले बन्दूकको हिंशावाला राजनीतिमा उतारचढाव आइरहेको बेला राष्टपतिबाट उक्त बिधेयकलाई समर्थन प्राप्त हुने संकेत मिलेको बताउनुभयो । तर उहाले यो पनि भन्नुभयो कि यो बिधेयक पास हुदैमा सबै समस्या हल हुदैन ।
समयक्रसंगै राष्टपति ट्रंपको बन्दुक नियन्त्रण कानुन सम्बन्धमा सकरात्मक विचारहरु आइरहेको छ । तर सन २०१६ मा राष्टपति चुनावको बेला उहाले बन्दुक नियन्त्रणको विरोध गर्नुभएको थियो ।
गत बर्ष नेशनल राइफल एसोसिएसनको अधिवेशनमा उहाले भन्नुभएको थियो,' म हतियार राख्न पाउने संबैधानिक अधिकारमा कहिले पनि दख्खल दिन्न ।'
बीबीसी न्यूजको सहयोगमा केनेपाल न्यूज केन्टकी लुइभील

No comments:

Post a Comment