Monday, February 19, 2018

आइफोनको लत छुटाउन ४० हजार डलर !



अमेरीकामा आइफोन १० किन्न मान्छेहरु करीब एक हजार डलर खर्च गर्छन तर यसको लत छुटाउन ४० हजार हजार डलर खर्च गरिरहनुपरेको छ ।
अर्थात ४० गुणा बढी । करोडपतीहरुले आफ्ना बालवालिकालाई यसको लतबाट छुटाउन यो खर्च गरिरहेका छन् । पछिल्लो पांच बर्षदेखि स्मार्ट फोनको मांग बढिरहेको छ ।
सिलिकन भ्यालीमा प्रविधिका ठूला कम्पनीहरु फेसबुक, ट्वीटर, एप्पल, गुगल जस्ता ठूला कम्पनीहरुकै लाइनमा मोबाइल फोनको लत छुटाउने दर्जनौ क्लिनिकहरु खुलेका छन् । दिनमा २० घण्टासम्म मोवाइल फोनमा झुण्डिरहने युवाहरुको लत छुटाउन यस्ता क्लिनिकहरु खुलेका हुन ।
सन फ्रान्सिस्कोबाट करीब ३० किलोमिटरको दूरीमा एक भवनमा यस्तै क्लिनिक छ । पहाडले घेरिएको उचाइमा खुलेको यो क्लिनिकमा युवाहरुलाई ४५ दिनसम्म राखेर मोवाइल लत छुटाउने उपचार गरिन्छ । क्लिनिक खर्च त्यहा लिइने सेवा सुविधामा आधारित हुन्छ ।
महंगो खाना र सुविधा लिए एक रातको एक हजार डलरसम्म तिर्नुपर्छ । भवनभित्र फोन, ल्यापटप, ट्यावलेट प्रतिबन्ध छ । कम्फ्युटर क्लासरुममा मात्रै प्रयोग गर्न दिइन्छ । युवाहरुले यसको प्रयोग शिक्षक र साइकोलोजिस्टको रेखदेखमा मात्र गर्छन ।
त्यहा भर्ना गरिनेहरुलाई स्पेशल थेरापी दिइन्छ ।जसबाट उनीहरुको इन्टरनेट लत छुटाएर पढाइ, परिवार, साथीभाइ र अफलाइन काममा ध्यान दिन थाल्छन ।
 क्लिनिकका निर्देशक डेनिएल कोवाक्स भन्छन, हामीहरु उनीहरुको जिन्दगीलाई अफलाइनमा बदलदिन्छौ । हामीलाई उनीहरु यो लतबाट छुटेपछि धन्यबाद दिन्छन र सोसल साइट भन्दा अब आफ्नो ब्यक्तिगत जिवनलाई महत्व दिने बताएर बिदा हुन्छन ।
अमेरीकामा इन्टरनेटको लतलाई आधिकारीक रुपमा विमारी मानिदैन । तर अस्टेलिया, चीन, इटली र जापानमा यसलाई विमारीको रुपमा लिइन्छ । दक्षिण् कोरीयामा त यसको उपचार सरकारी अस्पतालहरुमा गरिन्छ ।
निर्देशक डेनियल अघि थप्छन, इन्टरनेटको लतको शिकार भएकाहरु रातभर फेसबुक, इन्टाग्राम जस्ता सोसल साइटमा समय खर्च गर्छन । त्यसैले उनीहरु विहान चाडो उठदैनन जसको प्रभाव पढाइमा पर्छ ।
जब बिशेषगरी स्कुलमा इन्टरनेटको कनेक्शन हुदैन तब उनीहरुमा रिस उठ्ने, सोसल मिडिया लुकेर चलाउने, एक्ले समय विताउने र परिवारबाट टाढिदै जाने हुन्छन ।
कोवाक्स सुझाव दिन्छन, अभिभावकहरुले इन्टरनेट प्रयोगको सीमा तय गर्नुपर्छ । खानको समय तथा सुत्नु अघि फोन, ल्यापटप लगायतका सामाग्री प्रयोगमा निषेध गर्नुपर्छ ।
क्लिनिकमा लक्जरी कोठाहरु रहेका छन् जहाबाट समुन्द्र देख्न सकिन्छ । एउटा कोठामा तीन बेड र खुल्ला झ्याल हुन्छन ।  यहा भर्ना हुनेका परिवारलाई पनि सगै बस्ने अनुमति दिइन्छ जसबाट सम्बन्ध सुधारमा मद्धत मिल्ने क्लिनिकको विश्वास छ ।
त्यहा योगा र अध्यात्मक कक्षाहरु पनि समावेश गरिएको छ ।
बीबीसी न्यूजको सहयोगमा केनेपाल केन्टकी लुइभील

No comments:

Post a Comment