बिद्यालयदेखि भीडभाडयुक्त क्षेत्रमा बन्दूक हमलाबाट अहिलेसम्म् हजारौले सामूहिक ज्यान गुमाइसकेका छन् । यसको लागि बन्दूक कल्चरलाई दोषी ठहराइन्छ । बन्दूक नियन्त्रणको लागि यहां ठूला प्रयासहरु पनि भइरहेका छन तर यो सम्भव भइरहेको छैन । आखिर किन ? यसको लागि नेशनल राइफल एशोसिएसन (एनआरए )लाई दोषी ठहराइन्छ केहो एनआरए ?
सने १८७१ मा भएको अमेरीकी गृहयुद्ध पछि यो संगठन बनेको हो । २० औ शताब्दीतिर यो शिकार गर्ने र घरमा बन्दुक राख्ने सौखिनहरुको संगठन थियो । जेक केनेडी, मार्टर लुथर किंग र त्यसपछि बबी केनेडीको हत्यापछि अमेरीकामा राजनीतिक गतिविधि तिब्र भयो ।
एनआरएका पूर्व कार्यकारी उपाध्यक्ष वारेन कसीडि भन्नुहुन्छ,' राजनीतिक गतिविधि तिब्र भएपछि हामीलाई सकृय हुन बाध्य गरायो । किनकि यहा कानुन चलायमान हुन थाल्यो ।' उहाले अगाडी थप्नुभयो, यसपछि सन १९६८ मा बन्दूक नियन्त्रण कानुन बनेपछि हामीलाई ज्यादा डिलरको आवाश्यक्ता थियो ताकि ज्यादा हतियार बिक्रि गर्न सकियोस । यसले कानुन पालना गर्नेहरुलाई थप संकटमा पाऱ्यो । केहीले त्यतिबेर एनआरएको बिरोध गरे र राजनीतिमा हामफाले । सन १९७७ मा सिनसिननिटि बिद्रोह भयो र हामीले बर्षेनि बैठक गरेर हाम्रो एजेण्डा तय गर्न थाल्यौ , उहाले इतिहांस खोतल्नुभयो । त्यतिबेर यो संगठन राजनीतिक संगठन जस्तै प्रभावशाली थियो ।
एनआरएसंग आज पनि उत्तिकै राजनीतिक शक्ति छ । यसले अहिले पनि युवाहरुलाई हतियार चलाउने तालिम दिने गर्छ जो शिकारको लागि जाने रहर गर्छन ।
उहा भन्नुहुन्छ, राज्यमा रहेका स्थानीय संघहरु हाम्रा शक्ति हुन । जस्तै क्यालिफोर्निया राइफल्स एण्ड पेस्तोल एशोसिएसन,मास राइफल्स एशोसिएसन, गन अनर्स एक्सन लीग आदि। यो संगठनले ५० बर्षदेखि आफ्नो प्रभावले काम गरिरहेको छ । हामी आफ्नो प्रतिनिधि पठाउछौ । कसीडी भन्नुहुन्छ, चुनावको लागि खर्च जुटाउने काम पनि हामी गर्छौ । बन्दुक राख्न अधिकार दिनेबारे बिशेषगरी स्थानीय तहका उम्मेदवारहरुको धारणा बुझ्छौ र उसको कार्यकालभरी निगरानी गरिरहन्छौ । चाहे सिटी काउन्सलर, मेयर, गर्भनर या कंग्रेसको लागि लडिरहेको उम्मेदवार होस । तपाइ सिनेटमा पुगेका प्रतिनिधिहरुलाई सोध्न सक्नुहुन्छ । एनआरएले चुनावमा कति सहयोग गऱ्यो । हामी मतदातासम्म पैसा पुऱ्याउने काम पनि गर्छौ । उनीहरुलाई हाम्रो प्रभावको शहर र राज्यहरुमा भोट मिल्छ । यही नै हाम्रो काम गर्ने तरीका ।
रोजर विलियम यूनिभर्सिटीका ल प्रोफेसर कार्ल बोगस संबिधानको दोश्रो संशोधनले स्वतन्त्र राज्यको लागि नागरिक सेना अनिवार्य भएको उल्लेख गरेको बताउनुहुन्छ । नागरिकको हतियार राख्ने अधिकारको उल्लघन हुनुहुदैन भनिएकाले संघीय सरकारले नदिएपनि हरेक नागरिक हतियार राख्न बैध हुने उहा बताउनुहुन्छ ।
त्यतिबेर यो मानियो कि दोश्रो संशोधन नागरिक सेनासंग जोडिएको छ यसले समूहको कुरा गर्छ न कि ब्यक्तिगत रुपमा हतियार राख्ने कुराको ।सन १९६० सम्म बन्दूकको विवाद सुल्झियो भनेर मानियो ।
तर त्यसपछि एनआरएले ठूलो अभियान चलायो । उसले कयौ कानुन ब्यवसायीलाई पत्रपत्रिकामा लेख लेख्न लगाएर ब्यक्तिलाई बन्दूक राख्ने अधिकारबाट बन्चित गर्नु नहुने लविंग थाल्यो ।
तर सन २००८ मा एनआरएले ठूलो कानुनी लडाइ जित्यो । सुप्रिम कोर्टले ब्यक्तिलाई हतियार राख्न पाउने पक्षमा फैसला गऱ्यो । यद्यपी फैसलाको पक्ष र विपक्षमा न्यायाधीशहरु बांडिए ।
अमेरीकाका बहुसंख्यक मतदाताहरु बन्दूक नियनत्रण हुनुपर्ने पक्षमा छन तर केही प्रतिशत संगठित भोट बन्दूकको पक्षमा छ जो यहाको निर्वाचनमा निर्णायक हुने गर्छ । उनीहरु कहिलेपनि बन्दूक नियन्त्रणको पक्षमा बिचार राख्ने उम्मेदवारलाई भोट दिदैनन उम्मेदवार जुनसुकै पार्टीको होस ।
एनआरएले तीन किसिमका पत्रिका बाडेर यसका सदस्यहरुलाई बितरण गर्छ । ५० लाख सदस्यहर पत्रिकाका नियमित ग्राहक छन् ।
यसबाट पनि पुष्टि हुन्छ यो संगठनको प्रभावकारिता । यसको अलावा टारगेट शूटर्स, वूमन एंड गन ऑर्गनाइजेशन, गे गन राइट्स ग्रुप आदि संगठन पनि बन्दुकको पक्षमा क्रियाशील छन् ।
बीबीसीले गरेको कुराकानीमा आधारित केनेपाल न्यूज केन्टकी लुइभील
No comments:
Post a Comment