Tuesday, August 29, 2017

उत्तर कोरीयामाथि गम्भीर कार्वाही हुनुपर्छ : अमेरीकी राजदूत

संयुक्त राष्ट्रसंघस्थित अमेरीकी राजदूत निकी हेलीले उत्तर कोरीयामाथि गम्भीर कार्वाही हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, 'अति भयो । जापानमा १३ करोडले बसोबास गर्छन । जसरी उसको साथ त्यस्तो ब्यवहार भयो । कुनै ब्यक्तिमाथिबाट मिसाइल चलाउनु ठिक होइन ।'
उत्तर कोरीयाले जापानको हवाइ क्षेत्रबाट मिसाइल परीक्षण गरेको घटनालाई लिएर संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले आपतकालीन बैठक बोलाएको छ । बैठक पूर्ब अमेरीकी राजदूतको उक्त भनाई आएको हो ।
बैठक पहिले संयुक्त राष्ट्र संघका महासचिब एन्टोनियो गुटरेशले पनि मिसाइल परीक्षणले त्यस क्षेत्रको सुरक्षा र स्थिरतलाई चुनौति दिएको बताएका छन् । उनले उत्तर कोरीयालाई अन्तराष्टिय नियमको पालना गर्न अपिल पनि गरे ।
हिजो विहान उत्तर कोरीयाले छाडेको मिसाइलले करिब २७ सय किलोमिटरको दूरी पार गर्दै जापानको होकाइडो द्वीपकोमाथि हुदै समुन्द्रमा खसेको थियो ।
अमेरीकी राष्टपति डानल्ड ट्रंप
ले उत्तर कोरीयाले गरेको उक्त मिसाइल परीक्षणलाई उसको छिमेकी देश र संयुक्त राष्ट्र संघको अपमान हो भनेका छन्  । उनले उत्तर कोरीयामाथि सबै विकल्पबारे बिचार गरिने चेतावनी समेत दिए । बीबीसी न्यूजको सहयोगमा केनेपाल न्यूज डेस्क

No comments:

Post a Comment