जुकरबर्गले आफ्न फेसबुकमा पोष्टमा भनेका छन् , प्रीसिला र म अगस्टलाई स्वागत गर्न पाउदा औधी खुशी छौ । मैले उनलाई यस्तो दुनियाको बारे चिट्ठी लेखेको छु जसमा उनी हुर्कदै छिन । म यो आशा गर्छु कि उनी चाडै हुर्कने छैनन ।
उनले छोरीको नाममा यसरी चिट्ठी लेखेका छन् ।
प्यारी अगस्ट,
यो दुनियामा तिमीलाई स्वागत छ । तिम्रो आमा र म यो जान्नको लागि धेरै उत्सुक छौ कि तिमी के बन्न चाहन्छौ । तिम्रो ठूल्दिदी जन्मेकी बेला पनि मैले यसरी नै चिट्ठी लेखेको थिए ।
मलाई आशा छ, तिमी र तिम्रो दिदी एउटा यस्तो दुनियामा हुर्कनेछौ, जहा गुणस्तरीय शिक्षा होस, रोगब्याधी कम होस, एकताको डोरीमा बाधिएको समुदाय होस अनि त्यो भन्दा बढी समानता होस । मैले तिम्रो दिदी जन्मेको बेला पनि लेखेको थिए । तिम्रो पिढी यति आधुनिक बिज्ञान र टेक्नोलोजीवाला दुनिया हुनेछ कि हाम्रो भन्दा कयौ गुणा राम्रो ।
यसको लागि हामीले आफ्नो जिम्मेवारी पनि निभाउनु पर्छ । भलै आजकाल नराम्रो खबरले सनसनी मच्चाउछ । तर मलाई अझै आशा छ राम्रोले नराम्रोलाई पछार्नेछ । म तिम्रो पिढी र भविष्यलाई लिएर आशावादी छु ।
म हुर्कीएकी मेरी छोरी भन्दा तिम्रो बचपनाको बारेमा गफ गर्न चाहन्छु । यो दुनिया एक गम्भीर ठाउ हुनसक्छ त्यसैले समय निकालेर बाहिर खेल्न जानेछौ । हुर्किएपछि तिमी ब्यस्त हुनेछौ । त्यसैले म आशा गर्छु कि अहिले तिमी फूलको सुगन्ध लेउ वा जे मन लाग्छ गर । र यसो गर्न समय निकाल ।
म आशा गर्छु तिमी म्याक्ससग पिडमा झुल्नेछौ । तिमी लिविड रुम र आंगनमा एकदमै दौडिनेछौ । म चाहन्छु तिमी लामो समयसम्म मस्त निदाउ । यति कि सपनामा पनि तिमीलाई यो महशुस होस कि म तिमीलाई कति माया गर्छु ।
वाल्यकाल एक जादू हो । यो एकपटक मात्रै मिल्छ । त्यसैले भविष्यको बारेमा बिल्कुलै चिन्ता नराख । म तिमी जस्तो बालवालिकाको लागि एउटा अशल संशार बनाउन हर सम्भव प्रयास गरिरहनेछु ।
अगस्ट, म तिमीलाई एकदमै माया गर्छु । म तिमीसग एडभेन्चर जान एकदम उत्साहित छु । तिमीलाई मम्मी र ड्याडको धेरै प्यार ।
केनेपाल न्यूज डेस्क / कृपया यस्ता खबर पढ्न kenepal.blogspot.com क्लिक गर्न नविर्सनुस । धन्यवाद
No comments:
Post a Comment