Tuesday, August 15, 2017

डाउन टाउनतिर देखिने नाम मोहम्मद अलीबारे

बिष्णु कार्की \ केन्टुकी लुइभिल
मोहम्मद अलीको नाम बिशेषगरी लुइभील केन्टुकीमा धेरै सुनिन्छ । अझ डाउन टाउन जानेहरु धेरैले अलीको नाममा सडकदेखि विभिन्न संरचना देखेको हुनुपर्छ । आखिर को हुन त अली । तपाइहरु धेरैलाइ थाहा हुन पनि सक्छ नहुन पनि सक्छ अलीको जीवनी । मैले यहा छोटकरीमा अलीको जीवनीबारे चर्चा गर्ने कोशिस गरेको छु । बक्सिडमा तीन पटकसम्म विश्व च्याम्पियन बनेका अली लुइभील निवासी थिए । तर उनको जन्मको नाम मोहम्मद अली भने होइन । उनको जन्मको नाम कैसियस क्ले हो । ७४ बर्षको उमेरमा अलीको निधन ३ जुन २०१६ मा भएको थियो । उनले सन १९६४ मा इस्लाम धर्म अपनाएपछि नाम परिवर्तन गरेर मोहम्मद अली बनेका थिए ।
उनले किन धर्म परिवर्तन गरे भन्नेमा बिभिन्न तथ्यहरु बाहिर आएको छ । उनको धर्म परिवर्तनप्रति मतैक्यता छैन । सन १९६७ मा ज्याक ओल्सेनले लेखेको अली बारेको किताबमा न्यूयोर्कको हर्लेम सडकमा उनको भेट एक धर्म परिवर्तन गराउनेसग भएको थियो । उनी त्यहीबाट प्रभावित भएको किताबमा उल्लेख छ । कसैले शिकागो र कसैले मायामीमा उनले धर्म परिवर्तन गरेको बताएका छन । तर जोनाथन इगले लेखेको किताब 'अली ए लाइफ, आउट इन अक्टूबर फ्रम हाटिन मिफलिन हरकोर्ट' मा छुट्टै तथ्य अघि सारिएको छ । किताबमा अलीको दोश्रो पत्नी खलीलाह कामाचोको भनाइ उदघृत गर्दै उनलाई पत्रिकाको एक कार्टुनले धर्म परिवर्तन गराएको लेखिएको छ । नेशन अफ इस्लाम नामको एक पत्रिकामा ् एक मालिककले दासलाइ पिटीरहेको र अर्कोतिर जिससको प्रार्थाना गरिरहेको कार्टुन प्रकासित भएको थियो । त्यसले नराम्ररी प्रभाव पारेर उनले धर्म परिवर्तन गरेको अलीले आफ्नी पत्निलाई पत्र मार्फत बताएको किताबमा उल्लेख छ ।

No comments:

Post a Comment