'ह्वाटस अप ! ' , मैले जवाफ दिए,' द स्काई ' सबै गलल हासे । पुलीत्जर पुरस्कारका विजेता होसे एण्टोनियो भारगस अमेरीकी स्कुलको पहिलो कक्षामा यही जवाफबाटै सबैको हास्य पात्र बने । १९९३ मा १२ बर्षको हुदा गैर कानुनी तरिकाले अमेरीका छिरेका होसेको जीवन अहिले जति लोभलाग्दो छ बिगत त्यति नै कहालीलाग्दो । न्यूयोर्क टाइम्स पत्रिकामा अनडकुमेण्ट इमिग्रेन्ट शीर्षकमा आफ्नो लामो स्मरण लेखेका होसेले लेखको सुरु यसरी गरेका छन् । 'दुइ दशक अघि अगस्ट महिनाको एक बिहान मेरो आमाले मलाइ उठाइन र क्याबमा राखिन । उनले मलाइ ज्याकेट दिदै आफ्नो भाषामा भनिन, त्यहा चीसो हुनसक्छ । म फिलिपिन्सको अन्तराष्टिय विमानस्थलमा आमा र केही आफन्तको साथ आएको थिए । मैले कहिल्यै नदेखेको मान्छेसग मलाइ त्यहा परिचय गराइयो । मेरो आमा भन्दै हुनुहुन्थ्यो, त्यो तिम्रो अंकल हो । उसले मेरो हात समातेर प्लेल भित्र लग्यो । त्यो मेरो पहिलो ल्पेन यात्रा थियो । १९९३ सालको त्यो बेला म १२ बर्षको थिए । मेरी आमा मलाइ एउटा सुन्दर भविष्य दिन चाहन्थिन । त्यसैले हजारौ माइल टाढा आफ्ना हजुरवुवा हजुरआमाकोमा मलाइ जिम्मा लगाउन पठाउदै थिइन । म सन फ्रान्सिस्कोको पहाडी क्षेत्रमा आमाको हजुरबुवाकोमा आइपुगे । र यहा ६ कक्षामा भर्ना भए । त्यही कक्षाको पहिलो दिन मलाइ ह्वाटस अप सोधिएको थियो ।' उनले फिलिपिन्समा अग्रेजी पढेपनि अमेरीकन स्लाड ल्यांग्वेजले पिरोलेको लेखेका छन ।
त्यसपछि उनले १६ बर्षको उमेरमा डीएमभीमा चालक लाइसेन्स बनाउन जादा त्यहाका कर्मचारीले आफुसग भएको ग्रीनकार्ड र कागजात नक्कली भएको बताएको र अब कहिल्यै यस्तो कागजात बोकेर नआउन भनेको स्मरण गरेका छन् । त्यसपछि उनको हण्डरको दिन सुरु हुन्छ । उनका हजुरबुवा लोलोले समेत उक्त गि्रनकार्ड नक्कली हो र अरुलाइ नदेखाउन भनेपछि मानसिक रुपमा समेत आफू विचलित भएको उनले बताएका छन् । कागजातको अभावमा जागीर नपाएको र कतै पाएको अवसर पनि धरापमा परेको विस्तृत बिवरण उनले दिएका छन । पत्रकारिता पढेका होसेले त्यसपछि कयौ ठाउमा हजुरबुवाले बनाइदिएको नक्कली सोसल सेक्योरेटी नम्वर र नक्कली ग्रीन कार्डले काम चलाएको बताएका छन । उनलाइ अमेरीका ल्याइदिने कथित काकाले समेत उनको परिवारसग ४ हजार ५ सय डलर लिएर नक्कली कागजातको आडमा अमेरीका ल्याएको होसेले पछि थाहा पाएका थिए । लामो लेखमा होसेले कागजातविहिन हुदा खेपेको मानसिक तनाव र त्यसले प्रगतिमा पारेका बाधाहरुबारे विस्तृत लेखेका छन । एउटा कागजातविहिन आप्रावासीले अमेरीकामा कसरी संघर्ष गर्नुपर्छ भन्ने लेखमा खुलाइएको छ । पत्रकारितामा कलेज डिगि्र सकाएपछि अमेरीकाको विभिन्न प्रतिष्ठित पत्रिकाहरुमा काम गरेका होसेले विश्वकै ठूलो पुलीत्जर पुरस्कार समेत पाएका थिए । यहा बसाइको कानुनी मान्यता पाएको १८ बर्षपछि आफ्नो आमासग भेटेका होसेले त्यो कथित काकासग अमेरीका आउदा आमाले सिकाएको वाक्य लेखेर लेखको बिट मारेका छन , 'आमाले विगत कोट्याउदै भन्नुभयो । तिमीलाइ कसैले कहा जादैछौ भनेर सोध्यो भन्यो म डिजनील्याण्ड जादैछु भनेर भन्नु है ।' होसे अहिले यस्तै अनडकुमेण्टहरुको एक्टिभिस्टको रुपमा क्रियाशिल छन । न्यूयोर्क टाइम्समा प्रकासित होसेको अनडकुमेण्टस इमिग्रेन्टस नामक यो लेख धेरै पटक पढिएको र पि्रन्ट भएको लेख मानिन्छ । बिष्णु कार्की केनेपालका लागि

No comments:
Post a Comment