वासिंग मेसिन किन भारी हुन्छ ! तपाइलाई थाहा छ ? तपाइलाइ लाग्ला मेसिनभित्र भएको प्रविधिको कारण यो भारी भएको हुनसक्छ । यदि तपाइ त्यस्तै सोच्दै हुनुहुन्छ भने तपाइ गलत हुनुहुन्छ । एउटा साधरण वासिंग मेसिनमा कम्तिमा पनि २५ किलो ढुंगा कंक्रिट प्रयोग गरिएको हुन्छ । त्यसको कुनै ठुलो कारण भने छैन । कपडा धुने समय मेसिनलाइ हल्लिन नदिनुनै ढुंगा राखिनुको उदेश्य हो । अब शोधकर्ताहरुले कंक्रिटको ठाउमा प्लाष्टिक कन्टेनर राखेर त्यसमा पानी भरेर मेसिनलाइ हल्का बनाउने उपाय निकाल्दैछन । प्रोडक्ट डिजाइन कम्पनी टोची टेक लिमिटेडले यसबारे अनुसन्धान गरिरहेको बताएको छ । बेलायतस्थित नांटिघंम यूनिभर्सिटीका सोधकर्ताहरुको के दाबी छ भने यो सहज र सम्भव छ । नया प्रविधिवाला वासिंग मेसीनको अनुसन्धानमा सक्रिय डिलनको भनाइ उदघृत गर्दै बीबीसीले बताए अनुसार यसको अन्तिम तयारी भइरहेको छ । उनले भनेका छन, सबैजना भन्छन यो आइडिया पहिलेनै आउनुपर्थ्यो । तर कोही पनि विश्वास गर्न तयार छैनन । तर म ठोकुवा गर्छु यसले सतप्रतिशत काम गर्छ । उनका अनुसार औसत मूल्यका वासिंग मेसिनमा दुईवटा ढुंगाजस्ता सामाग्री हुन्छन । एउटा मेसिनको तल्लो भागमा र एउटा माथिल्लो भागमा । परीक्षणको क्रममा ढुंगा भएको ठाउमा प्लाष्टिकको कन्टेनर राखेर पानी भरिएको थियो । त्यसले मेसिनलाई हल्लिनबाट रोकेको र मेसिनको वजन पनि कम भएको उनले बताए । मेसिनलाइ घर भित्राएपछि कन्टेरमा पानी हालिने र फाल्न सकिने हुनाले यसलाइ सारिरहन होस्टे हैसे गरिरहनुपर्ने छैन । घर सरीररहनुपर्नेलाई यस्तो वासिंग मेसिन आएपछि ठूलो राहत हुनेछ । एजेन्सीहरुको सहयोगमा-
प्रस्तुतिकर्ता बिनोद गौतम केनेपालको लागि
प्रस्तुतिकर्ता बिनोद गौतम केनेपालको लागि
No comments:
Post a Comment