Thursday, August 17, 2017

भारतको 'सात पाप'

भारतीय राज्य सिक्किमसग सीमा विवाद चलिरहदा चीनको सरकारी समाचार एजेन्सी सिन्हुआले भारतको मजाक उडाउदै एउटा भीडियो जारी गरेको छ । अंग्रेजी भाषामा तयार पारिएको उक्त भिडीयोमा 'भारतको सात पाप'
बारे उल्लेख गरिएको छ । सेवेन सिंस अफ इण्डिया शीर्षकको उक्त भीडीयोमा डियर बान्गले भारतप्रति चीनको धारणाबारे उल्लेख गर्छिन । त्यो धारणा डोकलाम विवादसग सम्बन्धित छ । डोकलाम भारत, चीन र भुटानको सीमा क्षेत्र हो । जसमा अहिले सीमा विवाद चलिरहेको छ । सिन्हुवाको उक्त भीडियोमा  महिला एन्कर आफैसग गफ गरिरहेको देखिन्छिन । भारतीय शीख पोसाकमा नक्कली दारी, पगडी र सनग्लासमा देखिएकी उक्त महिला बोलिरहदा खिल्ली उडाए जसरी पृष्ठभूमिमा हासोको आवाज समेत सुनिन्छ ।  भिडीयोको एक दृश्यमा ती भारतीय महिलाला कैचीतर्फ इशारा गर्दा त्यहा एक भुटानी पात्र देखापर्छन । भारतले भुटानमा कसरी दादागीरी गरिरहेको छ भन्ने उक्त दृश्य मार्फत सन्देश दिन खोजिएको छ ।
भिडीयोमा गनिएको सात पाप
-१८ जुनमा भारतीय सैनिक अवैध रुपमा हतियार र बुल्डोजर लिएर चीनिया सीमामा छिरे ।
-भारतीय सेना ढोका नढकढक्याइनै अर्थात विना जानकारी नै चीनको सीमामा छिरे ।
-भारतले अन्तराष्टिय नियमको उल्लंघन गर्यो
-यस बिषयमा भारतले आफुलाई सही प्रमाणित गर्न चीनले सीमामा सडक बनाएको प्रचार गरिरहेको छ ।
-भारत यो बिषयमा झुठो प्रचारमा उत्रेको छ ।
-भुटानको सुरक्षाको नाममा भारतले चीनमा घुसपैठ गर्यो
-भारतले भुटानलाइ ढालको रुपमा प्रयोग गरिरहेको छ ।
समाचार एजेन्सीको साथमा केनेपाल न्यूज डेस्क


No comments:

Post a Comment