Friday, September 1, 2017

अमेरीकाकै एक गाउ जहा स्कुल पुग्न तीन घण्टा लाग्छ

के तपाईलाई थाहा छ अमेरीकाको केही जमिन क्यानडामा पर्छ ? यसको मतलब यो होइन कि अमेरीकाले क्यानडाको केही जमिन किनेको हो म तपाईलाई यो जानकारी दिन गइरहेको छु कि अमेरीकाको एक हिस्सा यस्तो छ जो चारैतिर क्यानडाबाट घेरिएको छ । यो ठाउको नाम नर्थवेस्ट एंगल हो । अमेरीकीहरु यसलाई एंगलमात्र भन्छन । यो अलास्का बाहेक अमेरीकाको सबैभन्दा उत्तरी इलाका हो । यो प्राकृतिक रुपमा एकदमै मनोरम छ । जंगल र पहाडबाट यो घेरिएको छ । एंगलतर्फ जान अमेरीकी नागरिकले क्यानडा पुग्नैपर्छ । यहा घुम्न तपाइलाई कयौ ठाउमा पासपोर्ट देखाउनुपर्ने हुनसक्छ ।
अमेरीका बि्रटेनबाट आजाद भयो तर क्यानडामा बि्रटेनकै राज्य थियो । सन १७८३ मा अमेरीका र बिट्नबीच पेरीस सम्झौता भएको थियो । त्यसबेला जुन क्षेत्रलाई आधार मानेर नक्सा बनाइएको थियो । त्यो नै गलत थियो । यसपछि बि्रटेन र अमेरीकाबीच सीमा विवाद सुल्झाउन बार्ता सुरु भयो । सन १८१८ मा नया सिराबाट सीमा निर्धारण गरियो ।
यसकै नतिजा हो अमेरीकाको नर्थवेस्ट एंगल इलाका क्यानडाबाट घेरिन पुग्यो । जस्तो कि आकासमा चिमनि निस्केको जस्तो । आकास क्यानडा र चिमनि अमेरीकाको नर्थवेस्ट एंगल इलाका ।
यो इलाकामा तपाइ कहिले घुम्न जानुभयो भने सुरुमा अमेरीका र त्यसपछि क्यानडा जानुपर्छ ।  एंगल इलाकामा पुग्ने वित्तिकै जिम्स कर्नर भन्ने ठाउमा तपाइले आफूलाई रजिष्टर गराउनुपर्छ । त्यसपछि हरेक पटक उक्त क्षेत्र पार गरुन्जेल तपाइले पासपोर्ट देखाउनुपर्छ नभए तपाइले जरीवाना तिर्नुपर्छ । त्यस इलाकामा एउटै मात्र रिसोर्ट छ । त्यसको नाम जेक्स केरेन कलसन रीसोर्ट हो । यसलाई  १९४५ मा बनाइएको हो । एंगलको नजिक लेक अफ उडस छ त्यसमा मााछा मार्न कयौ मानिस आउछन । यसको लागि पनि अमेरीका र क्यानडाबीच विवाद भइसकेको छ ।
१९९८ मा क्यानडाले माछा मार्न रोक्ने कडा कानुन बनाएपछि क्यानडेलीबाहेक अरु देशकालाई त्यहा माछा मार्न प्रतिबन्ध लगाइयो । यसको सिधा असर माछा मार्ने सौखिन अमेरीकीहरुमा पर्यो ।  यसको जवाफमा अमेरीकाका मिनेसोटा सुबेद्वारा आफ्नो इलाकाबाट गुड्ने क्यानडाको नेशनल रेलवेलाइ जरीवानाको मात्रा बढाइयो । त्यतिबेर एंगलका वासिन्दाले अमेरीकाबाट अलग गराएर आफूहरुलाई क्यानडामा मिलाउनुपर्ने माग समेत गरे ।
पछि अमेरीका र क्यानडाले उक्त विवाद मिलाएका थिए ।  एंगलमा धेरै किसिमको सुविधा छैन । जस्तो कि एउटै मात्र हुलाक घर छ । बैक छैन । सडक राम्रो छैन । एउटा मात्र स्कुल छ । स्कुल आउन जान तीन घण्टाको समय लाग्छ । स्कुल कि शिक्षिका लिंडा आफू नोकरी गर्न मात्र त्यहा गएपनि  त्यही आकषिर्त भएर वासिन्दा बनेको बताउछिन । त्यहा करीब सवा सय घर छन् । त्यहाका पाच सय जनसंख्या मध्ये आधा भन्दा धेरै अन्तै बसोबास गर्छन । बीबीसी यात्राको लागि क्रिस्टिनको यो स्थलगत भ्रमणको भावानुवाद केनेपाल डेस्कले गरेको हो ।

No comments:

Post a Comment