Thursday, August 31, 2017

भारतीय अर्थतन्त्र ओरालोतर्फ

चीनसग प्रतिष्पर्धा गरिरहेको भारतको अर्थतन्त्र ओरालो लागेको छ । भारतको जनसत्ता दैनिकले आज प्राथामितापूर्वक छापेको समाचार अनुसार भारतको कुल ग्राहस्थ उत्पादन  (जीडिपी ) दर ओरालो लागेको हो । पहिलो त्रैमासिक (अप्रील - जुन) मा यो ओरालो लागेर यो ५.७ प्रतिशतमा पुगेको छ । यसरी जीडीपी दर ओरालो लागेको यो दोश्रो त्रैमासिक हो ।
 चीनले दुई त्रैमासिकमा अर्थात (जनवरी - मार्च )तथा (अप्रील- जुन) महिनामा ६.९ को बृद्धि हासिल गरेको थियो । त्यस अघिको  त्रैमासिक( जनवरी -मार्च) मा भारतको बृद्धि दर ६.१ प्रतिशत थियो । २०१६ / १७ को पहिलो त्रैमासिकको संशोधित बृद्धिदर ७.९ प्रतिशत थियो । नोटबन्दी तथा जुलाई १ बाट लागू भएको बस्तु तथा सेवा करलाई यसको प्रमुख कारण मानिएको छ । भारतको अर्थब्यवस्था ओरालो लागेपछि परनिर्भर रहेको नेपाली अर्थतन्त्रमा समेत यसको प्रभाव पर्ने छ । केनेपाल न्यूज डेस्क

No comments:

Post a Comment