हामीमध्ये धेरैले एमाजन डट कमबाट सामान मगाएका हुनसक्छौ । तर किताब मगाउदा हीराको औठी नै आयो भने नि ! यस्तै आइलाग्यो मेनचेस्टरकी स्टेफनी हिलिसलाई । उनले एमाजनमा बच्चाको किताब अर्डर गरेकी थिइन । तर किताबको पार्सल आउदा हिराको औठी पनि साथै आइपुग्यो । स्टेफनीले एमाजन डट कममा सोधखोज गरेपछि उक्त औठीवाली महिला फेला परेकी थिइन । बेलायतस्थित स्कटल्याण्डको इनवरक्लाइड निवासी महिला तातियाना फर्नाडीजको रहेछ उक्त औठी ।
उनी एमाजनमा काम गर्दी रहिछन । ग्राहकले अर्डर गरेको बच्चाको किताबको पार्सल बनाउने क्रममा भुलबस औलाबाट औठी खसेछ । औठी हराएपछि चिन्तामा डुबेकी तातियानाले उक्त औठी आफ्नो इन्गेजमेण्टमा हुनेवाला श्रीमानले पहिराइदिएकाले त्यो बिशेष भएको बताइन । उनले भनिन, 'म रुन्थे र आफैमाथि रिस उठथ्यो । किनकि त्यो औठी , औठाी मात्र नभएर मेरो लागि विशेष थियो । मलाइ लाग्थ्यो अब त्यो औठी मैले कहिले फिर्ता पाउदिन ।'
उनको विवाह स्टुअर्ट ओ निल भन्ने ब्यक्तिसग हुदैछ । एमाजन कम्पनिमै भेट भएको निलसग उनको विवाह हुन लागेको हो ।
यता औठी फिर्ता गर्ने यमाजनकी ग्राहक स्टेफनी भन्छिन, 'म औठी पाएर हैरान थिए । तर म आफ्नै अनुभवले के बुझ्छु भने औठीसग हाम्रो भावना र यादहरु कतिधेरै जोडिएका हुन्छन । त्यसैले मैले तुरुन्त एमाजनमा फोन गरेर औठीबारे खोजतलास गर्ने निर्णय गरे ।' बीबीसी न्यूजसगको सहयोगमा केनेपाल न्यूज डेस्क

No comments:
Post a Comment