Sunday, September 3, 2017

उत्तर कोरीयामाथि कडा सैन्य कारवाही हुनसक्छ : अमेरीका

अमेरीकी रक्षामन्त्री जेम्स मेटिसले अमेरीका तथा उसका सहयोगीमाथि उत्तर कोरीयाबाट हुने कुनैपनि प्रकारको खतराको जवाफ कडा सैन्य कारवाहीबाट दिइने चेतावनी दिएका छन् ।
जेम्सको यो भनाई उत्तर कोरीयाले परमाणु बम परिक्षण गरेपछि राष्टपति डानल्ड ट्रंपसग भेटगरेपछि आएको हो । उत्तर कोरीयाको यो परीक्षण उक्साउने खालको भएको र अमेरीकाको लागि खतरा भएको टम्पले बताइसकेका छन् ।
रक्षामन्त्री जेम्सले आज ह्वाइट हाउसअघि पत्रकारहरुसग भने, 'अमेरीकासग यति क्षमता छ कि आफू र आफ्ना सहयोगी दक्षिण कोरीया र जापानको रक्षा गर्न हामी सक्षम छौ ।' राष्ट्र  संघ सुरक्षा परिषदले आपतकालीन बैठक बोलाएको छ ।
 उत्तर कोरीयाले गरेको पछिल्लो आणविक परीक्षणलाई लिएर भोली  सोमबार संयुक्त
 उत्तर कोरीयाले भूकम्पको धक्का महशुस हुने गरी हिजो परमाणु परिक्षण गरेको थियो । अमेरीकी भुगर्भविदले ६.३ रेक्टर मापन गरेको उक्त भूकम्प आणविक परीक्षणको विस्फोटनबाट उत्पन्न भएको हुनसक्ने बताइएको छ । बीबीसी न्यूजको सहयोगमा केनेपाल न्यूज डेस्क

No comments:

Post a Comment