Wednesday, September 13, 2017

२०२४ को ओलम्पिक पेरीसमा, २०२८ को लस एन्जल्समा

सन् २०२४ को ओलम्पिक खेल फ्रान्सको राजधानी पेरीसमा हुने भएको छ । त्यसैगरी २०२८ को ओलम्पिक खेल अमेरीकी शहर लस एन्जल्समा आयोजना गरिने भएको छ । दुबै शहरले सन् २०२४ को ओलम्पिक खेल आयोजना गर्न पाउनुपर्ने दाबी गर्दै आएका थिए । तर अन्तराष्टिय ओलम्पिक कमिटी आइओसीको तर्फबाट फन्डिंगको ग्यारेण्टी लिइएपछि लस एन्जल्स चार बर्षपछि ओलाम्पिक खेलको आयोजना गर्न सहमत भएको हो । पेरीसले २००८ र सन २०१२ मा पनि ओलम्पिक आयोजना गर्न पाउनुपर्ने दाबी गरेको थियो । पेरीसमा एक सय बर्ष अघि ओलम्पिक आयोजना गरिएको थियो ।
तर लस एन्जल्समा सन १९३२ र १९८४ मा ओलम्पिक आयोजना भइसकेको छ ।
हेम्बर्ग, रोम र बुडापेस्ट शहरले नाम फिर्ता लिएपछि ओलम्पिक आयोजनाको दाबी गर्नेमा दुइ शहरमात्रै थिए । बीबीसी न्यूजको साथ केनेपाल

No comments:

Post a Comment