Tuesday, September 12, 2017

अमेरीकालाई 'भयानक पीडा'को सामना गर्न उत्तर कोरीयाको चेतावनी

अमेरीकाले 'भयानक पीडा'को सामना गर्नुपर्ने उत्तर कोरीयाले चेतावनी दिएको छ । अमेरीकी प्रस्तावमा संयुक्त राष्ट्र  संघले थप आर्थिक प्रतिबन्ध लगाएपछि उसको यस्तो चेतावनी आएको हो । जेनेभामा संयुक्त राष्ट्र संघको एक सम्मेलनमा बोल्दै उत्तर कोरीयाली दूत हान ताय सोंगले भने, 'उत्तर कोरीया जे गर्न गइरहेको छ यसबाट अमेरीकालाई भयानक पीडा हुनेछ । यस्तो पीडा उसले यसअघि कहिले भोगेको थिएन ।' उनले उत्तर कोरीयामाथिको प्रतिबन्ध अबैध रहेको समेत जिकिर गरे ।
यसै महिना उत्तर कोरीयाले छैठौ तथा शक्तिशाली परमाणु परीक्षण गरेपछि राष्ट्र 
संघले उसमाथि थप आर्थिक नाकावन्दी लगाएको हो । बीबीसी न्यूजको साथमा केनेपाल

No comments:

Post a Comment