Saturday, September 23, 2017

मोवाइल माहात्मे

इश्वर कटुवाल
 मलाई मोबाइल भन्छन । अनेक रुपरंगमा देखा पर्छु । म जन्मिएपछि बजारतिर जान्छु । मेरो मूल्य छ, त्यो पनि फरक-फरक । मनुवाहरु आउछन र मलाइ किन्छन । आ-आफ्नो खल्तीको गर्माइ अनुसार । किन भन्ने कुरै छैन । मेरो लिला अपरम्पार  छ भनेर मैले आफै के फलाक्नु , हांसो मात्र होला । कुनै मनुवालाई सोध्नु । उसले बडो हर्षको साथ बताउनेछ , मोबाइल बिनाको जिन्दगी खै के जीन्दगी !
म त विश्वब्यापी छु । त्यतिमात्रै हैन, मेरा आफ्नै बर्गहरु पनि छन् । उच्च, मध्यम, निम्न र काम चलाउ बर्ग ।
 काम चलाउ बर्गमा म अत्यन्तै सस्तो खालको छु । पानी पुरी बेच्नेदेखि मकै पोल्ने सम्मको पोल्टामा अट्ने गरेको छु । यता निम्न मध्यममा भने म अलि चुरीफुरी गर्नुपर्ने मनुवाहरुको रोजाइमा छु । मैले उनीहरुको माया बसाउनेदेखि लिएर सिंदूर खसाउने सम्मको काममा मद्धत गरेको छु । तर कहिलेकाही भने बडो रिस उठेर आउछ । गोजीमै पडकिदिउ कि जस्तो पनि लाग्छ । कसैले त हद नै गर्छन । ट्वाइलेट बस्दा पनि मलाई फुर्सद दिदैनन । ए बाबा मनुवाको नाक मात्रै नाक हो र ? हाम्रो नाकलाइ नि गन्हाउछ भन्ने विश्वास गर्दा त पैसा तिर्नु पर्दैन नि !
 म मेरो बृतान्त सुनाउदै छु । अहिलेसम्म काम चलाउ,निम्न र मध्यमका कुरा सुनेउ ।  अब उच्च कोटीमा रहेकाहरुसगको मेरो प्रगतिको कथा सुन । उच्च कोटीकोमा मलाई अंग्रेजीमा एप्पल र आइफोन भन्छन । नेपालीमा मलाई स्याउ फोन भन्दा पनि हुन्छ । बिगत केही बर्षदेखि मेरो उच्च कोटीको स्याउ फोनले बर्षौपिच्छे ताण्डब नृत्य नै देखाउछ । यसले मनुवाहरुको मन जित्दै आएको छ ।
धेरैको लागि यो झर्को छ । किनभने यसको मूल्य अलि चर्को छ । युरोप-अमेरीकातिर त धेरै काम गर्छ । नेपाल राज्यतिर भने केही आवाज मात्र छर्छ । त्यसैले यो उच्च कोटीको स्याउ फोन किन्न खेत नबेच्नु । रिन नकाड्नु । जोवन त झन साट्दै नसाट्नु । म मोबाइल, मेरो कसम । आखिर फेसबुकै त हो नि चलाउने ! त्यही अहिले भैराखेको फोन ले हुन्न र ! भनेर एउटा खाडीमा पसीना बगाइरहेको बुढाले बुढीलाइ सोध्यो भने के जवाफ आउला तपाइ भन्न सक्नुहुन्छ ?
 लेखक कटुवाल अमेरीकाको केन्टकीस्थित लुइभिलमा बस्छन । हास्य बिधामा रुची राख्ने उनले स्थानीय कार्यक्रमहरुमा हास्य प्रस्तुती समेत दिने गरेका छन् ।

No comments:

Post a Comment