अमेरीकी बमबर्षक विमानहरुले उत्तर कोरीयाआसपास उडान भरेको पेंटागनले जनाएको छ । अमेरीकी रक्षा मन्त्रालय पेंटागनका प्रवक्ता डाना ह्वाइटले यो उडान यो दर्शाउन भरिएको हो कि, राष्टपतिसग कुनै खतरासग जुध्न कयौ विकल्पहरु मौजुद छन् । पछिल्लो दिनहरुमा अमेरीका र उत्तर कोरीयाबीच चर्को वाकयुद्ध चलिरहेको छ । अमेरीकालले जारी गरेको बयानमा यो बमबर्षक विमानको उडानले अमेरीकाले उत्तर कोरीयाको लापरवाहीपूर्ण रबैयालाई कति गम्भीरतापूवर्क लिएको छ भन्ने उल्लेख गरीएको छ ।
गत मंगलबार संयुक्त राष्ट्र संघमा दिएको भाषणमा राष्ट्रपति डानल्ड ट्रंपले अमेरीका स्वयं तथा आफ्ना सहयोगीको रक्षाको लागि आवश्यक परे उत्तर कोरीयालाई पुरै ध्वस्त पारिदिने चेतावनी दिनुभएको थियो । बीबीसी न्यूजको साथ केनपाल
No comments:
Post a Comment