यौन हिंशाको प्रयासको आरोप लागेका शुसील नेपालले उक्त आरोपमा सत्यता नभएको बताएका छन् । गायीका निक्की कार्कीले आफूमाथि घटेका तीन वटा घटनाबारे विस्तृत जानकारी दिदै अमेरीकाको नर्थ क्यारालोनामा बसोबास गर्ने शुसीलले आफूमाथि यौन हिंशाको प्रयास गरेको बताएकी थिइन । एक कार्यक्रममा उनले आफ्नो सफाइ पेश गर्दै आफूबाट नियतबश ति कामहरु नभएको बताए । उनले स्थानीय प्रहरीले अनुसन्धान गरेर डिसमिस गरिसकेको बिषय पुन उठाइएको भन्दै आश्चर्य समेत ब्यक्त गरे । नेपालले आफूले एउटै ओछ्यानमा सुतौ भनेर प्रस्ताव नगरेको तथा बियर पिउन नभनेको सफाइ दिएका छन् । कार्यक्रम जनतासग सिधा कुराका कार्यक्रम संचालक रबी लामिछानेसग कुरा गर्दै सुशीलले आरोपमा सत्यता नभएको दाबी गरेपनि गायीका निक्की कार्कीको भनाइ यस्तो थियो ।
केही लोकपि्रय गीत गाएर चर्चा बटुलेकी गायीका निक्की कार्कीले आफूमाथि अमेरीकाको नर्थ क्यारालोनामा एक नेपालीबाटै यौन दुब्र्यबहारको प्रयास भएको भन्दै न्यायको लागि अपील गरेकी छिन । कार्यक्रमको लागि बोलाएर आफूलाई तीनपटकसम्म यौन दुब्र्यवहारको प्रयास गरिएको उनको भनाइ छ । उनले आफ्नो फेसबुक पेज मार्फत जारी गरेको १९ मिनेट १३ सेकेण्ड लामो लाइभ भिडीयोमा आफूले न्याय नपाएको भन्दै अमेरीकामा रहेको नेपाली संघसंस्थाहरुको उदेश्यमाथि पनि प्रश्न उठाएकी छिन ।
अमेरीकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएकी निक्कीले तीन हप्ता अघि एक सांगितिक कार्यक्रमको लागि नर्थ क्यारालोना आउदा आफूसग उक्त घटना भएको र अहिलेसम्म पीडकलाई कारवाही नभएको भन्दै आफ्ना श्रोता, शुभचिन्तकसग आगामी योजनाबारे सुझाव मागेकी छिन ।
आयोजक संस्थाका सुशील नेपाल भन्ने ब्यक्तिले आफूलाई एउटै ओछ्यानमा सुत्न प्रस्ताब गरेको भन्दै उनले भनेकीछिन, 'सुरुमा मेरो परिवार छ भन्दै मलाई उहाले कोठामा लैजानुभयो । कोठामा मैले उहालाई एक्लै पाए । क्यालिफोर्नियाबाट त्यहा पुगेकी म एकदमै थाकेको थिए । आराम गर्ने ठाउ खोज्दा उहाले एउटै बेडमा बीचमा सिरानी राखेर सुत्न आग्रह गर्नुभयो । म एकदमै डराए र सोफामा बसेर आराम गरे ।' त्यसैगरी आफू होटलमा बस्दा समेत सुशीलले आफूलाई अर्को पटक बियर पिउन कर गरेको तथा गीत गाएको पारीश्रमिक लिन पुन कोठामा बोलाएको बताएकी छिन । तर निक्कीले आफूले कहिल्यै बियर पीउने नगरेको बताएकी छिन ।
आफूलाई नर्थ क्यारालोनाको कार्यक्रममा बोलाउन पहल गर्ने शुसीलको उक्त ब्यबहारहरु एकदम संकास्पद भएको भन्दै उनले आफू भाग्यले जोगिएको बताएकी छिन । आफूले स्थानीय पुलिस र नेपाली संस्थाहरुमा समेत घटनाबारे जानकारी गराएको भन्दै पुलीसले पीडकले मौखिक आशयमात्र राखेको र त्यस आधारमा कारवाही गर्न नमिल्ने बताउको बताएको उनको भनाई छ । स्थानीय नेपाली संस्थाहरु आनमा र नासीयालाई उक्त ब्यक्तिलाई कारवाहीको लागि आग्रह गरेको तर कारवाही गर्छु भनेपनि अहिलेसम्म केही नगरेको निक्कीले गुनासो गरेकी छिन ।
'नेपालीहरुको हकहितको लागि भनेर संस्थाहरु खुलेका छन् । ढाका टोपी र दौरा सुरुवालमा आफू अध्यक्ष, फलानो भनेर चिनाउछन तर मैले न्याय पाइन । मेरो त यस्तो हाल छ झन सर्वसाधरणको के अवस्था होला, उक्त घटनापछि म एकदमै मानसिक तनावमा छु । पांचवटा गीतको रेकडिंग क्यान्सिल गरे । मलाई कसैसग बोल्न मन लाग्दैन ।' उनले आफ्ना शुभेच्छुक, शुभचिन्तकहरुलाई उक्त घटनामा कसरी अघि बढ्ने भनेर सुझाव मागेकी छिन ।
अमेरीकाका बिभिन्न राज्यहरुमा हुने नेपाली कार्यक्रमहरुमा निक्की सहभागी हुने गरेकीछिन । । केनेपाल
No comments:
Post a Comment