Saturday, September 16, 2017

टेक्सासकी नेपाली चेलीको समस्याले उठाएका सवालहरु

बिष्णु कार्की
टेक्सासकी एक नेपाली चेलीले सार्वजनीक गरेका पीडाहरुलाई लिएर सामाजिक संजालमा पक्ष विपक्षमा धारणाहरु आइरहेका छन् । यस्तो गम्भीर समस्याले विस्तारै युएसमा रहेका नेपालीहरुलाई पनि गांज्दै छ भन्ने यो एउटा प्रमाण हो । त्यसैले यसबारे नेपाली समाजमा बहस हुनु जरुरी छ । तर अहिलनै बहस थालिहाल्नु अलि हतार हुनसक्छ । किनकि उनलाई यतिबेर माया, सदभाव, सान्त्वना र सहयोगको खांचो छ । धेरै कुराहरु अझै पर्दा पछाडीनै छन । यतिबेर उनको उज्ज्वल भविष्यको कामना गरौ र वर्तमानसग जुध्ने क्षमतामा उर्जा थपौ ।
ति चेलीले हिम्मतपूर्वक आफ्नो समस्या सार्वजनिक गर्ने जुन शाहस गरिन त्यो अति नै प्रशंसायोग्य छ । आफ्नो जीवन नर्कमय भएको बताएर पनि उनले कुनै दुखद निर्णय नलिइ आफ्नो समस्यालाई साझा बनाइन । समस्या छल्न जीवनदेखि भाग्नेहरुको लागि यो एउटा सन्देश पनि हो । जो सराहनीय छ । उनी यतिबेर थुप्रै पीडाको पहाडमा उभिएकी छिन । भविष्य अनिश्चित छ । बर्तमान अझ चुनौतिपूर्ण छ । उनले यसबाट उम्कन हुनेसम्मका उपायहरु गरिन । केही सीप नचलेर आफ्नो समाजसग गुहार मागिन । एउटी युवति त्यसमा पनि नेपाली युवतिमाथि खडा भएको यी चुनौती चानचुने हुदै होइनन ।
उनको यो समस्याले धेरै प्रश्नहरु उब्जाएको छ । छोराछोरीलाई विदेश पढ्न पठाएर यसलाई छिमेक र नातागोतामा गसीपको बिषय बनाएर फुल्ने अभिभावकले यतातिर पनि सोच्नुपर्छ । विना अभिभावक छुट्टै धर्म, संस्कृति भएको विदेशी मुलुकहरुमा छोराछोरी पढ्न पठाउनेले उनीहरुको लवाइ, खुवाइ, बसाइ र पढाइबारे कुनै न कुनै च्यानलबाट अनुगमन गर्नु जरुरी छ ।  विश्वविद्यालयले त किताबको ज्ञान न बाड्ने हो, विदेश आउने वित्तिकै ब्यक्तिको स्वभाव र आकांक्षाहरुमा त परिवर्तन आउदैन नि ।
अमेरीकाको नेपाली समाजमा अर्को कुरा पनि बहस हुनु जरुरी छ । पूरै अमेरीकन भएर बांच्ने कि नेपाली अमेरीकन हुने । पूरै अमेरीकन अर्थात यहाको धर्म, संस्कृति अंगाल्नेहरुलाई हाम्रो समाजमा भयानक लाग्ने बिषयहरु सामान्य लाग्न सक्छन र उनीहरुले यसलाई त्यसै अनुसार लिनुपर्छ । विवाहपूर्वका सम्बन्धहरु, व्याइफ्रेण्ड- गर्लफ्रेण्ड , फियान्से संस्कार, सम्बन्ध बनाउने र तोड्ने कुराहरुमा अमेरीकी समाज र हामीबीच आकाश जमीनको फरक छ । आफूलाई पूरै अमेरीकन ठान्नेहरुले यी बिषयमहरुमा यतैको चस्मा लगाएर हेर्नुपर्छ । सबै कुरामा आफूलाई यतैको ठान्ने तर संस्कार र संस्कृतिको कुरा आउने वित्तिकै नेपालसग तुलना गर्नु हुदैन । त्यस्ताले यतैको संस्कारमा आफूलाइ अभ्यस्त पार्यो भने समस्याहरु आउदैनन ।
अलिकता ति नेपाली चेलीको कुरा
उनले सम्बन्ध राम्रो हुदाहुदै एक्कासी ति पूर्व प्रेमीले आफूलाई ब्लाकमेल गर्न थालेको बताएकी छिन् । साथीभाइबाट उ सग गासिन पुगेकी ति चेलीले त्यति राम्रो सम्बन्धमा दरार कसरी पैदा भो खुलाएकी छैनन । ब्ल्याकमेल गर्ने, सामान चोर्ने र गाडीको ब्रेकफेलसम्म गराउने ति पूर्व प्रेमी असमान्य स्वभाबका लाग्छन । या कुनै दुब्र्यसनीका शिकार । उनले लामो समयपछि मित्रतापछि मात्रै अफेयरमा पुगेको बताएपनि केटाको आनीबानी र ब्यवहारबारे उनले पहिले कत्तिको बिचार गरिन वा गरिनन । हुनत उनले आफूलाई केही ख्वायर त्यो अवस्थामा पुर्याएको पनि खुलाएकी छिन । तर उनको कुराबाट त्यस्तो काम बारम्बार भएको झल्किन्छ । उनले एकपटक त्यस्तो गल्ती भएको महसुस गरेपछि दोश्रो, तेश्रो पटक त्यसबारे पुर्नविचार गर्नुपथ्र्यो ।
विवाहपूर्व सबै किसिमको सम्बन्ध राख्ने वा नराख्ने त्यो उनको ब्यक्तिगत कुरा हो । तर सबै कुराहरुलाई फोटो र भीडियोमा कैद गर्नु अर्को गल्ती थियो । उनले त्यो आफ्नो भनाइमा स्विकार पनि गरिसकेकी छिन । साना कुराहरुमा गभ्भीर अनुसन्धान गर्ने यूएस पुलिसलाई बारम्बार जानकारी गराउदा पनि पुलिसले गम्भीर रुपमा यो केसलाई नलिनुले पनि अर्को शंका उब्जाएको छ ।
पूरै परिचय नखुलेकाले हामी उनलाई चाहेरै पनि ब्यक्तिगत रुपमा सान्त्वना र सहयोग दिन सक्दैनौ । तर उनलाई होच्याउने किसिमका टिप्पणी गर्ने, सामाजिक संजालहरुमा उनको पीडालाई मजाक बनाउने, खिल्ली उडाउने कार्य बन्द गरौ । उनलाई सबैको प्रोत्साहनको खांचो छ । परिवारको र तपाई हामी सबैको । यसबारेको समाचार पेजको तल्लो भागमा छ 




'सेक्सुअल हरासमेन्टबाट फेब्रुअरीपछि मेरो जीवन नर्क बनेको छ । मलाइ बाच्नै गारो भो । मलाई कसैको मद्धत चाहिएको छ यतिबेर' , उनी भन्दै जान्छिन,  'न म राती राम्रोसग सुत्न सक्छु । न मैले पढाइमा आफ्नो ध्यान फोकस गर्न सकेको छु ।'  हिजो एक नेपाली टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय कार्यक्रम 'जनतासग मनका कुरा 'मा अमेरीकाको टेक्सासबाट एक नेपाली चेलीले स्काइप मार्फत रुदै गरेको बिलौना हो यो । अनुहार ढाकेर भीडियो कलमा उपस्थित ति नेपाली चेलीले कार्यक्रमको सुरुमै बिषयवस्तुको गम्भीरतालाई हेरेर नाम समेत गोप्य राख्ने अनुमति माग्छिन ।
'म युएसको टेक्सासबाट । म कन्पिmडेन्सपूर्वक आफ्नो समस्या राख्न चाहन्छु । आइ यम सरी त्यसैले म आफ्नो नाम यहा भन्न सक्दिन' , उनी कार्यक्रमको सुरुमा यसरी प्रस्तुत हुन्छिन ।
पढाइमा आफ्नो ध्यान जान नसकेको बताउने ति नेपाली चेली बिद्यार्थी हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । आफ्नो पूर्व प्रेमी स्थानीय एक ह्वाइट अमेरीकनले ब्याकमेल गरीरहेको बताउने उनी भन्छिन, 'सन २०१६ को डिसेम्बरमा साथीभाइको माध्यमबाट उ सग परिचय भयो । समयसगै हामी यति नजिकियौ कि क्रिसमस , थ्यांकसगिभिडमा उसको घरमा म जाने र उ मेरोमा आउने हुनथाल्यो ।'
 कुनै समयको सानो गल्तीले अहिले ठूला ठूला समस्या भोगिरहेको बताृदै उनी आफ्ना पीडा भन्दै जान्छिन, 'हाम्रो रिलेसनसीप अफेयरमा परिणत भयो । त्यो बीचमा हामीबीच 'सबै कुरा' भयो । मलाई उ सग भेटेपछि के हुन्थ्यो थाहै पाउदिनथे । उसले दिएको खाएपछि इमोशनल फिलिडहरु आउन थाल्थ्यो । उसले गरेका हरेक कुरा राम्रो लाग्थ्यो । त्यसबीचमा हामीबीच भएका सबै कुराको भीडियो र तस्वीर उसले पनि खिच्यो र मैले पनि ।'
ति चेली भन्दै जान्छिन,' फ्रेब्रुअरीपछि उसले आफ्नो रुप देखाउन थाल्यो । उ सग भएको भीडियो र फोटो पोर्न साइट बनाएर हाल्दिन्छु भन्न थाल्यो । उसले मेरो नाममा पोर्न साइट समेत बनायो । मेरो नाममा फेसबुक आइडी बनाएर मैले कल्पनै गर्न नसक्ने कुराहरु पोष्ट गर्न थाल्यो । मेरो र मेरो परिवारको नाममा अश्लिल कुराहरु पोष्ट गर्ने धम्की दिइरहन्छ ।'
उनले आफूले पुरानो बस्ने ठाउ,फोन नम्बर लगायत सबै परिवर्तन गर्दा पनि ति पूर्व प्रेमीले बच्चा चाहिन्छ भन्दै पिछा गर्न नछाडेको समेत बताएकी छिन ।
' एकदिन कामले पुरानो ठाउमा गएको थिए । उसले मलाइ पिछा गरेर रोक्यो । मैले पुलिस बोलाए । तर पुलिसले उसलाइ र मलाइ आआफ्नो बस्ने ठाउ पुर्याइदियो । उल्टै उसले मेरो  गाडीमा भएको सबै सामान चोर्यो । गाडीको ब्रेक फेल गरिदियो । '
उनले हरेक दिनका गतिबिधिबारे स्थानीय पुलिसलाइ खबर गर्ने गरेपनि उसले अहिलेसम्म धम्क्याउने काम जारी राखेको बताइन । कार्यक्रम प्रस्तोता रबी लामिछानेले ति चेलीलाइ दूतावास तथा बिभिन्न निकायमार्फत सहयोग पुर्याउने र फलोअप गरिरहने प्रतिबद्धता जनाएका छन् ।
युट्युबमा अपलोड गरिएको उक्त कार्यक्रममो भीडियोलाई हजारौले हेरेका छन । कार्यक्रम हेरेर सयौले प्रतिकृया पनि दिइरहेका छन । धेरैले बेलामा बिचार नपुर्याउदा ति नेपाली चेलीले पीडा भोग्नुपरेको प्रतिकृया दिएका छन । त्यहा सुमन रेग्मी लेख्छन, ;'जुन नेपाली चेलीलाई एउटा विदेशीले यस्तो काम गर्यो । त्यो अत्यन्तै दुखद कुरा हो । तर हाम्रो चेलीको पनि गल्ती छ । बिदेश जाने वित्तिकै जीवनशैली परिवर्तन गरिहाल्नु ठूलो गल्ती हो ।'
नोट - समाचारमा प्रयोग भएको तस्वीर ति चेलीसग सम्वन्धित छैन ।

No comments:

Post a Comment