Friday, December 29, 2017

एप्पलले आइफोन ६ का उपभोक्तालाई राहत दिने

पुरानो भर्जनका आइफोनलाई एप्पलले जानाजान ढीलो चल्ने बनाएको आरोप खेपिरहेको बेला एप्पलले कम्पनीको तर्फबाट माफि मागेको छ ।

एप्पलले फोनको संचालनमा कुनै समस्या नआवस भन्न लिथियम आयनबाट बनेको ब्याट्री प्रयोग गरिएको एप्पलले बताउदै आएको थियो । एप्पलले फोनको प्रोसेस ढिलाभएपनि एक्कासी बन्द हुने समस्या रोक्न बिशेष खालको ब्याट्री प्रयोग गरेको बताएको छ ।
तर एप्पलले अब आफू ब्याट्री परिवर्तन गर्न तयार भएको बताएको छ । २०१८ मा प्रयोगमा ल्याइने सफ्टवेवयरबाट आइफोन युजरहरुले आफ्नो फोनको ब्याट्रीको लाईफमा नजर लगाउन सक्छन । लामो सयमदेखि एप्पलका आइफोन युजर्सहरुले कम्पनीले नया लन्च हुने फोनको बिक्री बढाउन पुरानो फोनलाई स्लो बनाउने गरेको आरोप लगाउदै आएका थिए ।
एप्पलले उक्त आरोप स्विकार गरेपछि अमेरीकामा एप्पल विरुद्ध आठ वटा मुद्धा दर्ता गरिएको छ । एप्पलले वारेण्टी भन्दा बाहिर रहेका ब्याट्री बदल्न लाग्ने लागत ७९ डलरबाट घटाएर २९ डलर मा झारेको छ ।यो छुट आइफोन ६ र त्यसपछि आएका फोनमा लागु हुने एप्पलले जनाएको छ ।
--
केनेपाल न्यूज डेस्क

No comments:

Post a Comment