Monday, January 1, 2018

नया बर्षकै दिन पाकिस्तनामाथि किन खनिए ट्रंप


नयां बर्षको पहिलो दिननै अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले पाकिस्तानमाथि आक्रोस पोखेका छन् । उनले पाकिस्तानलाई झुठ र धोकेबाजको संज्ञा दिदै अमेरीकाले १५ बर्षदेखि पाकिस्तानलाई दिदै आएको अर्बौ डलर सहयोग निरर्थक भएको बताएका छन् ।
ट्रंपले आज बिहानै ट्वीट गरेर भनेका छन्, 'अमेरीकाले पछिल्लो १५ बर्षदेखि पाकिस्तानलाई ३३ अर्ब डलर भन्दा बढी सहयोग गरेको छ तर बदलामा उसले झुठ र छल बाहेक केही दिएन उ सोच्छ कि अमेरीकी नेता मुर्ख हुन । हामी अफगानिस्तानमा जुन आतंकवादीलाई खोजीरहेका छौ उसले त्यसलाई सुरक्षित स्वर्ग दिइरहेको छ ।अब त्यस्तो हुदैन ।'
अमेरीकाले पाकिस्तान संरक्षित आतंकवादबाट आफुलाई खतरा रहेको औल्याउदै आएको छ ।
हालैको अफगानिस्तान भ्रमणमा अमेरीकी उपराष्ट्रपति

माइक पेन्सले पाकिस्तानले लामो समयदेखि तालिवान र अन्य चरमपन्थी समुहलाई सुरक्षित स्थल उपलब्ध गराउदै आएको तर अब त्यसो हुन नदिइने बताएका थिए ।

No comments:

Post a Comment