Monday, January 1, 2018

अमेरीकी अभिनेत्रीहरुको यौन हिंशा विरुद्ध अभियान


अमेरीकी फिल्म उद्योग तथा अन्य कामकाजी क्षेत्रमा हुने यौन उत्पीडनसंग जुध्न एक अभियान सुरु गरिएको छ । यो प्रोजेक्टकमा तीन सय भन्दा बढी महिला सामेल छन् । यसमा अभिनेत्री, लेखक तथा निर्देशकको सहभागिता रहेको छ ।
यो अभियानलाई 'टाइम्स अप' नाम दिइएको छ ।  न्यूयोर्क टाइम्स पत्रिकामा एक पन्ना बिज्ञापन दिएर अभियानबारे जानकारी दिइएको छ । यसमा भनिएको छ, 'मनोरन्जन जगतका महिलाको तर्फबाट हरेक क्षेत्रमा रहेका महिलाहरुको परिवर्तनको लागि एक जुट हुन अपिल '
यो अभियानलाई सयौ अभिनेत्रीहरुले साथ दिएका छन् ।  यसमा नताली पोर्टमेन, रीस वीदरस्पुन, केट ब्लेनचेट, इवा लोंगोरीया तथा एमा स्टोन सहभागी छन् । अभियानको लागि डेढ करोड डलर जुटाउने लक्ष राखिएको छ । अहिलेसम्म अभिनेत्रीहरुले एक करोड ३० लाख जम्मा गरिसकेको बताएका छन् ।
यो रकमको प्रयोग कार्यक्षेत्रमा हुने उत्पीडनको शिकार भएका महिला तथा पुरुषहरुको कानुनी उपचारको लागि हुनेछ । विशेषगरी कृषी क्षेत्र तथा कारखानामा काम गर्ने मजदुर अनि वेटर र केयरटेकरमा काम गर्नेहरुको मद्धत गर्नु अभियानको उदेश्य रहेको छ । श्रोत बीबीसी

No comments:

Post a Comment